logo
२०८१ बैशाख १५ शनिवार



कोरोना संक्रमित इटालीका १०१ वर्षीय वृद्ध उपचारपछि घर फर्किए

फिचर |
अन्तर्राष्ट्रिय |


कोरोना संक्रमित इटालीका १०१ वर्षीय वृद्ध उपचारपछि घर फर्किए
तस्विर-सीएनएन, उत्तरपूर्वी इटालीको रिमिनिस्थित तीन शहिद स्क्वयार


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १४ गते । इटालीमा कोभिड–१९ बाट संक्रमित एकजना १०१ वर्षीय पुरुष अस्पतालबाट निको भई घर फर्किनुभएको छ । इटालीको रिमिनि शहरका उपप्रमुख ग्लोरिया लिसिले कोभिड–१९ बाट संक्रमित वृद्धको उपचार सफल भएपछि घर फर्किएको जानकारी दिनुभएको छ ।
उत्तरपूर्वी इटालीको रिमिनिस्थित एक अस्पतालमा गत् साता भर्ना गरिएका संक्रमितलाई बिहिबार उपचारपछि घर फर्काइएको छ । उपप्रमुख लिसिलाई उद्धृत गर्दै सीएनएनले संक्रमित १०१ वर्षीय वृद्धको उपचार सफल भएपछि भविष्यको आशा जगाएको प्रतिक्रिया दिनुभएको उल्लेख गरेको छ । उहाँले भन्नुभयो, “मिस्टर पी नाम दिइएको उक्त संक्रमित व्यक्तिलाई बिहिबार घर फर्काइएपछि परिवारजन खुशी छन्, १०१ वर्ष बाँचेकाको पनि भविष्य लेखिएको छैन् ।” रिमिनि शहरमा बिहिबारसम्म कोभिड–१९ को संक्रमितको संख्या एक हजार १८९ दत्र्ता गरिएको छ ।
मिस्टर पी को सन् १९१९ मा स्पैनिस महामारी फ्लुको बेला जन्म भएको थियो । उक्त महामारीमा करिब तीन करोडदेखि पाँच करोड व्यक्तिको मृत्यु भएको अनुमान गरिएको छ । विश्वभरिको तथ्याङ्क बमोजिम गत् डिसम्बरमा चीनमा पहिलो पटक देखिएको कोभिड–१९ को संक्रमण विश्वका १९७ राष्ट्रका करिब पाँच लाख ४९ हजार व्यक्तिमा फैलेको छ ।
इटाली भने कोभिड–१९ महामारीको विश्वमै सबैभन्दा बढी प्रभावित भएको छ । जोन हप्कीन्स विश्वविद्यालयका अनुसार इटालीमा ८० हजार ५८९ जना संक्रमितको पुष्टि भएको छ । आठ हजार २१६ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?