logo
२०८१ बैशाख १४ शुक्रवार



बेलायती राजकुमार चाल्सलाई कोरोना संक्रमण

फिचर |
अन्तर्राष्ट्रिय |


बेलायती राजकुमार चाल्सलाई कोरोना संक्रमण


एजेन्सी
काठमाडौं, चैत्त १२ गते । बेलायती राजकुमार चाल्र्समा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । महारानी एलिजाबेथको दोस्रो सन्तान चाल्र्समा संक्रमणको पुष्टि भएपछि उहाँ स्कटल्याण्डमा ‘सेल्फ आइसोलेशन’मा बस्नुभएको छ ।
क्लारेन्स हाउसले बुधबार एक वक्तब्य जारी गरी प्रिन्स चाल्र्स कोभिड–१९ को संक्रमित भएको पुष्टि गरेको हो । संक्रमित भएपनि उहाँ स्वस्थ्य अवस्थामा रहनुभएको र घरबाटै काम गरिरहनुभएको वक्तब्यमा उल्लेख छ । सीएनएनका अनुसार पछिल्लो साता सर्वसाधारणसँग भेटघाटको भूमिकामा रहँदा उहाँमा कोभिड–१९ को संक्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको छ ।
चाल्र्स ७१ वर्षीय हुनुहुन्छ । चाल्र्स, प्रिन्स फिलिप र महारानी एलिजाबेथको सबैभन्दा जेठा छोरा हुनुहुन्छ । उहाँको उमेर ७० वर्षभन्दा माथि रहेकोले कोभिड–१९ को उच्च जोखिममा हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?