logo
२०८१ बैशाख १४ शुक्रवार



चिकित्सकको रेखदेख विना क्लोरोक्वीनको प्रयोग घातक हुने

फिचर |
स्वास्थ्य |


चिकित्सकको रेखदेख विना क्लोरोक्वीनको प्रयोग घातक हुने


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्र १२ गते । चिकित्सकहरूले हाइड्रोक्सी क्लोरोक्वीन चिकित्सकको सल्लाहा विना प्रयोग गर्न नहुने बताएका छन् ।
मलेरिया, वाथ र लुपस जस्ता रोगको प्रयोग हुने यो औषधिको चिकित्सकीय रेख देखमा प्रयोग गर्दा कोभिड १९ संक्रमित विरामीमा संक्रमण छिटो निको भएको समाचार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित भएका थिए ।
ती समाचारहरू सार्वजनिक भए पछि त्यो औषधिले कोराना लाग्दैन निको हुन्छ भनेर खाने तथा जगेडा राख्ने गरेको देखिएको भन्दै जनस्वास्थ्य विशेषज्ञ डा.रविन्द्र पाण्डेले यस्तो खतरनाक औषधि आफैेले किनेर खान नहुने बताउनुभयो ।
केही दिन पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले कोरानाको उपचारकालागि उक्त औषधि उपयोगी भएको भन्दै त्यसको क्लिनिकल टेस्टका लागि आदेश दिनुभएको थियो । त्यस पछि एक अमेरिकी दम्पत्तीले यास्तो औषधि आफै किनेर खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर अबस्थामा अस्पतालमा उपचार गराइ रहेका छन् ।
यो औषधिले आँखाको रेटिना ड्यामेज गर्न सक्छ, कपाल झर्न सक्छ, मुटुको चालमा गम्भीर असर गर्न सक्छ, रक्ताकोश घटाउन सक्छ, गम्भीर रुपमा मुटुको समस्या आउन सक्छ, कानको सुन्ने शक्ति हराउन सक्ने डा.पाण्डेले बताउनुभयो ।
साथै यसले स्वासनली खुम्च्याउन सक्छ ्र त्यस्तै शरीरमा ग्लुकोजको मात्रा घटाउने, छाला सुन्निने, रगत आउने, मांशपेशी कमजोर बन्ने, आत्महत्याको बिचार आउने, मुड अफ हुने लगायतका समस्या हुने उहाँको भनाइ छ ।
यो औषधि अरु औषधिसँग सेवन गर्दा गम्भीर रियाक्सन हुनसक्छ ्र अरु रोगका बिरामीले यो औषधि सेवन गर्नु झन् घातक हुने भन्दै डा. पाण्डेले यस्तो औषधि ्र चिकित्सकको सल्लाहबिना आफू खुशी प्रयोग नगर्न आग्रह गर्नु भएको छ ।
हाइड्रोक्सी क्लोरोक्वीनले कोभिड १९ को संक्रमण कम गर्न सहज हुने समाचारसँगै चीन अमेरिकामा क्लिनिकल टेस्ट शुरु गरिदै छ । भारतमा पनि केही चिकित्सकले कोभिड १९ का विरामीमा यो औषधिको प्रयोग गर्दा विरामीको स्वास्थ्यमा राम्रो सुधार भएको टेलिभिजन च्यालनमा बताएका थिए ।
नेपालको एक औषधि उत्पादक कम्पनीले पनि कोभिड १९ को उपचारका लागि करीब चार लाखा ट्याव्लेछ यो औषधि उत्पादनगरी सरकारलाई निः शुल्क उपलबधगाराउने बताएको थियो ।
हाइड्रोक्सी क्लोरोक्वीनले कोभिड १९ का विरामीको उपचारम सहयोगपुग्ने विषयमा गोरखापत्र अनलाइनमा पनि समाचार प्रकाशित भएको थियो । 

मलेरियाका लागि प्रयोग हुने क्लोरोक्वीन कोरोनाको उपचारमा प्रभावकारी

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?