logo
२०८१ बैशाख १५ शनिवार

  नेकपा सचिवालय बैठक    



उपनिर्वाचनका लागि उम्मेदवारको नाम पठाउन निर्देशन, संगठन विभागमा थप

फिचर |
राष्ट्रिय |


उपनिर्वाचनका लागि उम्मेदवारको नाम पठाउन निर्देशन, संगठन विभागमा थप


सुरेशकुमार यादव 
काठमाडौं असोज २९ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उप निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला तथा प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार बसेको नेकपाको सचिवालय बैठकले कात्तिक १० गतेभित्र कम्तिमा तीन जनाको नाम सिफारिश गर्न निर्देशन दिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । मंसिर ६ गते उपनिर्वाचन हुँदैछ
त्यसैगरि, बैठकले संगठन विभागलाई विस्तार गरेको छ । वामदेव गौतम प्रमुख र जनार्दन शर्मा उपप्रमुख रहेको संगठन विभागमा तीनजना सदस्य चयन गरेको छ । सदस्यमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारी रहनु भएको छ ।
मन्त्री हेरफेरको बारेमा प्रवक्त श्रेष्ठसँग राखिएको जिज्ञसामा कुनै प्रतिकृया दिन मान्नु भएन

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?