logo
२०८१ बैशाख १५ शनिवार



डेङ्गु महामारी बन्न सक्छ सजग रहन विज्ञको चेतावनी

फिचर |
स्वास्थ्य |


डेङ्गु महामारी बन्न सक्छ सजग रहन विज्ञको चेतावनी


 

सरोज ढुंगेल
काठमाडौँ, भदौ २० गते । सिंगापुरमा महानगरभित्रको क्षेत्रमा डेङ्गु सार्ने लार्भा भेटियो भने दुइहजार सिंगापुर डलर जरिवाना हुन्छ । व्यक्तिको घरको कुनै स्थानमा डेङ्गुको लार्भा भेटिएको अवस्थामा दुइसय डलर जरिवाना हुन्छ ।
सिंगापुरले वर्षौअघिदेखि डेङ्गु नियन्त्रण गर्ने प्रयास गरीरहेको छ तर पनि सफल हुन सकेको छैन । विगतका वर्षहरुमा एक÷दुईसय व्यक्तिमा डेङ्गु संक्रमित हुने गरेकोमा यो वर्ष सिंगापुरमा तीनहजार दुईसय व्यक्ति डेङ्गुबाट संक्रमित भइसकेकाछन् । त्यस्तै थाइल्याण्डमा समेत डेङ्गुको लार्भा भेटियो भने दण्डको व्यवस्था छ ।
बंगलादेशमा डेङ्गु संक्रमण हुने मानिसको संख्या एकलाख नाघिसकेको छ । भुटानको कुल २० जिल्लामध्ये १८ जिल्लामा डेङ्गुको संक्रमण फैलिसकेको छ । भारतको राजधानी नयाँ दिल्लीमा समेत डेङ्गु प्रकोपको रुपमा फैलिसकेको छ ।
नेपालमा पनि डेङ्गुको प्रकोप फैलदो रुपमा छ । गत वैशाख महिनाबाट धरानबाट फैलिएको डेङ्गु हाल काठमाडौँमा समेत प्रकोपको रुप लिइसकेको छ । शुक्रबार मात्र टेकुस्थित शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालमा तीनसय जना संकास्पद बिरामीको डेङ्गु परीक्षण गरिएकोमा १५० जना व्यक्ति डेङ्गु पोजेटिभ भेटिएको थियो । बिहीबार ११७ जना व्यक्तिमा डेङ्गुको संक्रमण पुष्टि भएको थियो । यहि अनुपातमा काठमाडौँमा डेङ्गु फैलने हो भने काठमाडौमा समेत लाखौँ व्यक्ति डेङ्गुको संक्रमित हुने निश्चित छ ।
यतिखेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेङ्गु नियन्त्रणको लागि केही पहल गरेन भन्ने आरोप मन्त्रालयले खेपीरहेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पदाधिकारीहरु नागरिकको यो आरोपलाई स्वीकार गर्न तयार छैनन । सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार अस्पतालमा गएको एक हप्ताको तथ्याक हेर्ने हो भने एक हजारभन्दा बढी व्यक्तिलाई डेङ्गु संक्रमण भइसकेको छ ।
एउटा एकसय शैयाको अस्पतालमा हप्तादिनमै एकहजार संक्रमित हुनु सामान्य होइन ।
स्वास्थ्यले उपचार गर्ने हो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले स्वास्थ्य मन्त्रालयको एकल प्रयासले डेङ्गु नियन्त्रण हुनै नसक्ने बताउनुभयो । घट्ने होइन, झन बढ्दै जानेछ,प्रवक्ता श्रेष्ठले भन्नुभयो,घरघरमा भएको लार्भा कसले नष्ट गर्छ र डेङ्गु घट्छ ? डेङ्गु नियन्त्रण गर्ने हो भने स्थानीय, गृह, नागरिक समाज, पत्रकार , स्वास्थ्य मन्त्रालय सबैले अभियान सञ्चालन गर्नुपर्छ ।
अन्य देशमा डेंगुको लार्भा भेटियो भने नगरपालिकामाथि, व्यक्ति, सस्थामाथि समेत दण्ड हुने गरेको स्मरण गराउँदै उहाँले नेपालमा भने स्वास्थ्यलाई मात्र दोष थोपर्नु गलत प्रवृत्ति भएको बताउनुभयो । लामखुटे नष्ट गर्ने काम सेना, प्रहरी र सम्बन्धित नगरपालिकाको हो, श्रेष्ठले भन्नुभयो,घरको सरसफाई घरमुलीले गर्नुपर्छ यता तिर ध्यान नदिएर स्वास्थ्यको काँधमा मात्र दोष थोपर्ने काम गलत हो ।
वीरले सुरु ग¥यो डेंगु परीक्षण
महाबौद्धस्थित वीर अस्पतालले पनि डेंगु रोगको परीक्षण शुरु गरेको छ । परीक्षण गर्ने किट आफै खरीद गरी वीर अस्पतालले आजबाट डेंगु परीक्षण शुरु गरेको हो । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले लक्षण लिएर आएका बिरामीलाई वीर अस्पतालले सेवा दिन सुरु गरेको बताउनुभयो । यसअघि वीरले सरुवा रोगका लागि टेकुस्थित शुक्रराज ट्रोपीकल तथा सरुवा रोग अस्पतालमा रिफर गर्दथ्यो । उहाँले आकस्मिक कक्ष र ओपिडीमा आउने विरामीको डेंगु परीक्षण हुने व्यवस्था मिलाएको जानकारी दिनुभयो ।
समयमै सजकता अपनाऔँ
यसैबीच चिकित्सकहरुले डेङ्गु नियन्त्रण गर्न सबैको सहयोग आवस्यकता रहेको बताएकाछन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा चिकित्सकहरुले डेङ्गु रोग नियन्त्रणका लागि समज, घरदेखि गल्लीसम्म जनचेतना र सरसफाईको अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेक कुमर लालले हालसम्म ४३ जिल्लामा डेङ्गुका संक्रमित भएको जानकारी दिनुभयो । उहाँले डेंगुबाट चार जनाको मृत्यु भईसकेको जानकारी दिदै उहँले उच्च पहाडी क्षेत्रमा समेत यसको संक्रमण देखिन थालेको बताउनुभयो । उहाँले हालसम्म १३० वटा मुलुकमा डेङ्गुको संक्रमण देखिएको जानकारी दिनुभयो ।
उहँले देशभरका स्थानीय तहमा न्यूनतम ८७ लाख र अधिकतम ८९ लाख बजेट छुट्याएको र हालसम्म ८५ वटा स्थानीय तहमा बजेट विनियोजन गरिएको बताउनुभयो । लामखुट्टेले १०० जनालाई टोकेमा १० जनालाई डेंगु संक्रमण हुने र संक्रमण भएकाहरुमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने,आखाँको गेडी दुख्ने जानकारी गराउनुभयो ।
शुक्रक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.बासुदेव पाण्डेले हरेक दुई दुई वर्षको अन्तरालमा डेंगु संक्रमणको रिसर्च हुने गरेको र हरेक तीन वर्षमा यो रोगको प्रकोप देखिने गरेको बताउनुभयो । उहाँले डेंगु संक्रमण ६ देखि ७ हजार फिटसम्मको उचाइसम्म पुगिसकेको बताउनुभयो । लामखुुट्टेले संक्रमितलाई टोकेर अर्को व्यक्तिलाई टोकेमा सर्ने जानकरी दिदै उहाँले अस्पतालको बेडले अपुग भएको कारण बेड थप्नका लागि स्वास्थ्य मन्त्रालयसँग प्रस्ताव राखेको बताउनुभयो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पुर्व प्रमुख डा.बाबुराम मरासनीले पानीको खाल्डाखुल्डी भएको ठाउँ, टायर भएको ठाउँमा यसको बढी संक्रमण हुने उनले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?