logo
२०८१ बैशाख १६ आईतवार



रहनुभएन लोकगायक तथा कलाकार जयनन्द लामा

मनोरञ्जन |


रहनुभएन लोकगायक तथा कलाकार जयनन्द लामा


काठमाडौं, फागुन ११ गते । लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । कलाकार दीपाश्री निरौलाले लामाको निधन भएको जानकारी दिनुभएको हो ।

निरौला लामाको निधनको खबर सुनेर उहाँको घर पुग्नुभएको हो । उहाँका अनुसार आज बिहान घरमै गाडीबाट लडेको अवस्थामा उहाँ मृत अवस्थामा फेला पर्नुभएकाे थियाे । अहिले लामाको शव पोष्टर्माटमका लागि अस्पताल लगिएको कलाकार निरौलाले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामालले चलचित्र र टेलिशृङ्खला लगायतमा धेरै लोकगीत गाउनुभएको छ । पछिल्लो समय हास्य टेलीशृङ्खला हल्का रमाइलोमा उहाँले अभिनय गर्दै आउनुभएकाे थियाे ।

उहाँका चुइँ चुइँ चुइँकने जुत्ता, उहिले त नब्बे साल, भोलि यतिखेर, हेर्दा राम्रो, मुलाको चाना, सलल पानी, कलकत्ते काइँयो लगायत थुप्रै लोकगीत चर्चित छन् ।

यस्तै उहाँले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गर्नुभएको थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?