logo
२०८१ बैशाख २० बिहीवार



साउथका सुपरस्टार चिरञ्जीवीलाई कोरोना संक्रमण

मनोरञ्जन |


साउथका सुपरस्टार चिरञ्जीवीलाई कोरोना संक्रमण


काठमाडौं, माघ १२ गते । दक्षिण भारतीय फिल्मका सुपरस्टार चिरञ्जीवी कोनीडेलालाई कोरोना संक्रमण पुष्टि भएको छ । आफू संक्रमित भएको उहाँले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको हो ।

उहाँले लेख्नुभएको छ, 'प्रिय फ्यान, सबै सावधानी अपनाउँदा पनि मेरो कोरोना रिपोट पोजेटिभ आएको छ । मलाई हल्का लक्षण देखिएको थियो' ।

उहाँले पछिल्लो समय आफ्नो सम्पर्कमा रहेकालाई कोरोना टेष्ट गर्न अनुरोध पनि गर्नुभएको छ । यस्तै, उहाँ छिट्टै नयाँ फिल्म 'आचार्य' मा देखिने भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?