logo
२०८१ बैशाख १५ शनिवार



'जुलेबी' मा पूजा र प्रदीप

मनोरञ्जन |


'जुलेबी' मा पूजा र प्रदीप


काठमाडौं, मङ्सिर १६ गते । अभिनेत्री पूजा शर्मा हाल विभिन्न म्युजिक भिडियोमा व्यस्त हुनुहुन्छ । हालै, पूजा र प्रदीप लामाको नयाँ गीत 'जुलेबी' सार्वजनिक भएको छ ।

गणेश शाहीको शब्द रहेको ‘जुलेबी’ गीतमा शंकर थापा ‘स्माइल’ले संगीत भर्नुभएको छ । गीतमा अस्मिता अधिकारी र अमृत घोले लामाको स्वर रहेको छ ।

प्रदीप लामाको निर्देशन रहेको भिडियोमा उहाँकै कोरियोग्राफी रहेको छ । यस्तै, भिडियोलाई कृष्ण भण्डारीले सम्पादन गर्नुभएको छ भने सुशान प्रजापतिले छायांकन गर्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?