logo
२०८१ बैशाख १५ शनिवार



जनगायक जेबी टुहुरेको निधन

मनोरञ्जन |


जनगायक जेबी टुहुरेको निधन


गाेरखापत्र अनलाइन
काठमाडौं, भदौ १० गते ।  जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको बिहीबार उपचारका क्रममा बयोधा अस्पतालमा निधन भएको छ । संविधानसभा सदस्य माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समेत रहनु भएको टुहुरेको बिहीबार दिउँसो करिब १ बजे उपचारका क्रममा मृत्यु भएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

मङ्गलबार घरमा एक्कसि लड्नुभएपछि उपचारका लागि उहाँलाई वयोधा अस्पताल लगिएको थियो । जनसांस्कृतिक सहासङ्घका निवर्तमान अध्यक्षसमेत रहनुभएको टुहुरे मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोगी हुनुहुन्थ्यो ।

सचिव ढकालका अनुसार जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको पार्थिक शरीर श्रद्धाञ्जलीका लागि माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँमा राखिनेछ । उहाँले श्रद्धाञ्जलीको लागि सम्पूर्ण तयारी भइसकेको र अब केही बेरमा शुरु हुने बताउनुभयो । श्रद्धाञ्जलीपछि टुहुरेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचिव ढकालले बताउनुभयो ।

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?