logo
२०८१ बैशाख १४ शुक्रवार



चलचित्रमा देखाइने महिला चरित्रका कारण महिला र किशोरीमा नकारात्मक असर

मनोरञ्जन |


चलचित्रमा देखाइने महिला चरित्रका कारण महिला र किशोरीमा नकारात्मक असर


यलु जाेशी
काठमाडौं, जेठ २३ गते । चलचित्रमा देखाइने महिलाको रुढिवादी भूमिकाले महिला र किशोरीमा नकारात्मक असर पार्ने गरेको छ ।
नेपाली चलचित्रमा महिला र किशोरीहरुको प्रतिनिधित्व शीर्षकमा गरिएको एक अध्ययनले नेपाली चलचित्रमा महिला वा किशोरीहरुलाई बिरलै नेतृत्वदायी भूमिकामा प्रस्तुत गरिएको जनाइएको छ ।
प्लान इन्टरनेशनल नेपालको गल्र्स गेट इक्वेल अभियानअन्तर्गत डक स्कुलले गरेको अनुसन्धानले सो निश्कर्ष निकालेको हो ।
प्लान इन्टरनेशनल नेपालका प्रसेन जितखातीले ४७ वटा चलचित्र, टेलिभिजन, अनलाइन सामग्रीमा भएको विषयवस्तु र विज्ञापन–चलचित्रको सामग्रीमा केन्द्रित रहेर विश्लेषण प्रस्तुत गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार विभिन्न चलचित्रकर्मीहरूसँगको अन्तर्वार्ता र छलफल पनि गरिएको थियो । अध्ययनले चलचित्रका दर्शकहरूसँग पनि समूह छलफल आयोजना गरेको थियो ।
अध्ययनका अनुसार महिला वा किशोरीहरू नेतृत्वको भूमिकामा देखाइए पनि महिला पुरुषको दाँजोमा फितलो पात्रमा चित्रित गरिने तथा पुरुषको यौन चाहनाको रुपमा मात्र प्रस्तुत भएको पाइएको छ ।
प्रदेश नं १ सुनसरी, बागमती प्रदेशको सिन्धुली र काठमाडौं, लुम्बिनी प्रदेशको बाँके र कर्णाली प्रदेशको जुम्लाका किशोरीहरुसँंग चलचित्रमा महिला प्रतिनिधित्व सम्बन्धी तीन चरणको छलफल पनि जितखातीले जानकारी दिनुभयो ।
“चलचित्रले हामी सबैमा ठूलो प्रभाव पार्दछ उहाँले भन्नुभयो, यसले बालबालिकाको कलिलो मस्तिष्कहरुमा प्रत्यक्ष र अप्रत्यक्ष ढङ्गले प्रभाव पार्छ ।
अनुसन्धानपत्रका सह–लेखक अभिमन्यु दीक्षितले नेपालका चलचित्रमा महिलाहरू सदैव दोस्रो दर्जाको रुपमा मात्र देखाइएको बताउनुभयो ।
उहाँले महिला पात्रहरुलाई कि त घरायसी कामकाज वा यौन चाहना परिपूर्ति गर्ने पात्रको रूपमा देखाइएकोमा गुनासो ब्यक्त गर्नुभयो ।
अध्ययन अनुसार चलचित्रमा देखाइएका महिलाहरु प्रायःप्रियसी÷श्रीमती, आमा, सुसारेको रुपमा मात्र चित्रित छन् । त्यस्तै, महिलाहरू आफ्नो निर्णय लिन पुरुषपात्रमा नै निर्भर भएको तथा महिलापात्रहरुको निर्णय माथि प्रश्न उठाउने समेत अध्ययनले दर्शाएको छ ।
अनुसन्धानको टिप्पणी गर्ने क्रममा, चलचित्रकर्मी र समीक्षक मनोज पण्डितले भन्नुभयो, “नेपालको अधिकांश चलचित्रले महिलाको आँसु बेच्ने गर्दछ, हामीले कथामा दुःख बेच्छौ किनकि त्यसले राम्रो व्यवसाय गर्छ।”
उहाँले चलचित्रमा मात्र सीमित नभएर ठूलो सामाजिक परिवर्तनमा जोड दिनु पर्ने आवश्यकता औंल्याउनुभयो ।
चलचित्र विकास बोर्डका अधिकृत चिरन्जीवी गुरागाईले नेपाली चलचित्रमा महिलाको विषयमा थुप्रै काम भए पनि प्रभावकारी रुपमा अघि बढनुपर्ने बताउनुभयो ।
उहाँले चलचित्र विकास बोर्डको तर्फबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र चलचित्र महोत्सवमा छानिएका चलचित्र निर्माताहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?