logo
२०८१ बैशाख १५ शनिवार



अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘भर्चुअल’ माध्यमबाट हुने

मनोरञ्जन |


अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘भर्चुअल’ माध्यमबाट हुने


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ११ गते । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव(निफ) अनलाइन मार्फत हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्दै आइरहेको निफको चौथो संस्करणमा केही कार्यक्रमहरु प्रत्यक्ष र केही अनलाइन हुने जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष केपी पाठकले कोरोना भाइरस सङ्क्रम (कोभिड) को दोस्रो लहरको कारण परिस्थिति जटिल बन्दै गएको र नेपाल सरकारले नयाँ मापदण्ड जारी गरेको जानकारी दिनुभयो ।
उहाँले उद्घातन र समापन समारोह सरकारको निर्देशन अनुसारका मापदण्ड अपनाएर गरिने पनि बताउनुभयो ।
त्यसैगरी महोत्वसका प्रदर्शन हुने चलचित्र भने अनलाइन माध्यमबाट दर्शकहरुले घरमै बसेर हेर्न सक्ने व्यवस्था मिलाइने छ पाठकले प्रष्ट पार्नुभयो ।
अनलाइनमार्फत धेरै दर्शकसम्म पुग्ने अवसर सिर्जना गरिदिएको उहाँको धारणा छ । पहिला हामीसँग फेस्टिभल आयोजना स्थलसम्म आउने दर्शक मात्र हुन्थे भने अब संसारभरिका दर्शक हामीसँग हुनेछन् । यसले निफलाई दर्शकका पहुँचको हिसाबले पनि विश्वव्यापी बनाउनेछ भन्ने विश्वास लिएका छौं,’ पाठकले भन्नुभयो ।
फेस्टिभलको विभिन्न विषयगत बहसको कार्यक्रम भने प्रत्यक्ष आयोजना गरी विभिन्न अनलाइन माध्यमबाट प्रत्यक्ष प्रसारण गरिनेछ जसमा दर्शकहरुले सहभागिता जनाउन सक्नेछन् ।
वैशाख २३ देखि २७ सम्म आयोजना हुने सो महोत्वमा तीन वटा नेपाली चलचित्र छनोटमा परेको छ ।
लाटोकोसेरो, सरिता ११ वर्ष र आमाखाण्डो फिचर चलचित्र प्रतिस्पर्धाको लागि छनोट भएको पाठकले बताउनुभयो ।
महोत्सबमा सहभागिताका लागि आवेदन दिएका विश्वका विभिन्न ५२ देशका ४ सय ५० चलचित्रबाट आन्तरिक छनौट समितिले ३१ देशका ६३ चलचित्रलाई महोत्सवमा प्रस्तिस्पर्धाको लागि छनोट गरेको थियो ।
निफमा नेपाली फिचर फिल्मतर्फको प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिल्मले एक लाख नगद पुरस्कारसहितको ट्रफी, उत्कृष्ट निदेशक, लेखक, छायाकार,अभिनेता र अभिनेत्री ट्रफी पाउनेछ ।
‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ आयोजना हुने महोत्वसमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ ।
यसैगरी, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलरसहित माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जु श्री अवार्ड, सर्वोत्कृष्ट लघुचलचित्रलाई ५ सय डलर राशिको बागमती अवार्ड दिइन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?