logo
२०८१ बैशाख २६ बुधवार



छ जिमी हेरारे छ जिमी पुतारे... सार्वजनिक

मनोरञ्जन |


छ जिमी हेरारे छ जिमी पुतारे... सार्वजनिक


गोरखापत्र समाचारदाता
काठमाडौं, मङ्सिर ६ गते । नेपाल संवत ११४१ नयाँ वर्षको अवसरमा संस्कृति सम्पदाका संरक्षक शैलेश बरेजुको गीत र म्युजिक भिडियो छ जिमी हेरारे छ जिमी पुतारे हालै काठमाडौंमा सार्वजनिक गरिएको छ ।
सेभ नेवाः भ्यालीले आयोजना गरेको कार्यक्रममा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान र बाबुछोराबीच माया ममतामा आधारित सो म्युजिक भिडियो कामनपाका प्रमुख मेयर विद्यासुन्दर शाक्यले विद्युतीय माध्यमबाट सार्वजनिक गर्नुभयो ।
मन्तव्यको क्रममा कामनपा प्रमुख शाक्यले सडकमा उठेको आवाजलाई सम्बोधन गरी सकेसम्म आफ्नो कार्यकालमा पूरा गर्ने बताउनुभयो । उक्त कार्यक्रममा चारुमति विहारका महास्थबीर तपस्वी धम्मस्थबीरले मंगलसूत्र पाठ गर्नुभयो ।
कार्यक्रममा सार्वजनिक गरेको गीत र म्युजिक भिडियो समीक्षा कवि राजभाइ जकःमिले गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?