logo
२०८१ बैशाख १४ शुक्रवार



‘तिम्रो लागि जवानी ताजा ताजा छ’ सार्वजनिक

मनोरञ्जन |


‘तिम्रो लागि जवानी ताजा ताजा छ’ सार्वजनिक


गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २ गते । पछिल्लो समय अमेरिका बस्दै आउनुभएका गायक यम बरालले अमेरिकाबाटै गाउनु भएको छ ‘तिम्रो लागि जवानी ताजा ताजा छ..’ । यम बराल र गायिका उर्मिला लाम्गादेको स्वरमा तिम्रो लागि जवानी ताजा ताजा छ..गीत तिहारको लक्ष्मी पुजाको दिनमा अमेरिका र नेपालबाट एकैसाथ सार्वजनिक गरिएको छ । सो गीत गायिका उर्मिला लाम्गादेले बजार ल्याउनु भएको हो ।
गीतमा आनन्द अधिकारीको शब्द रहेको छ भने शिशिर सन्तोषको संगीत रहेको छ । नायक नाजिर हुसेन र मोडल उषा उप्रेतीको अभिनय रहेको छ । पछिल्लो समय अमेरिका बस्दै आउनु भएकी गायिका लाम्गादेले आधा दर्जन संख्यामा गीतहरु सार्वजनिक गर्नुभएको छ, उहाँ पनि हाल अमेरिकामै बस्दै आउनु भएको छ ।
गायक बरालले गीत निक्कै राम्रो भएको प्रतिक्रिया दिनुभएको छ । बिदेशमा बसेपनि आफुले संगीत र नेपाललाई बिर्सन र छोड्न नसक्ने बताउनुभयो । आफु सांगितिक यात्रामै रहेको र यात्राकै क्रममा उर्मिला लाम्गादेसँग नयाँ कोसेली ल्याएको बरालले बताउनुभयो । लाम्गादेले पनि गीत आशा लाग्दो बनेको भन्दै खुुसी व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो ‘मिहिनेत गरेर गीत बनाएको छौं, आशा छ सबैले मन पराइदिनु हुनेछ र माया गर्नुहुनेछ ।’ गीतमा भनिएको छ ‘माया हाम्रो बीचैमा साझा साझा छ.. तिम्रो लागि जवानी ताजा ताजा छ ..।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?