logo
२०८१ बैशाख १४ शुक्रवार



काेराेनाका कारण राष्ट्रिय चलचित्र पुरस्कार स्थगित

मनोरञ्जन |


काेराेनाका कारण राष्ट्रिय चलचित्र पुरस्कार स्थगित
फाइल तस्बिर


गोरखापत्र समाचारदाता
काठमाडौं, असार ७ गते । चलचित्र विकास बोर्ड हरेक वर्ष आयोजना गर्दे आएको राष्ट्रिय चलचित्र पुरस्कार स्थगित हुने भएको छ । हरेक बर्ष असार १६ गतेलाई आफ्नो बार्षिकोत्सबको तथा पुरस्कार आयोजना गरिन्थ्यो तर विश्वमा फैलिएको कोरोना सङक्रमणको कारण कार्यक्रम अनौपचारिकतामा सिमित गरिने बोर्डले जनाइएको छ ।
अन्य सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई स्थगित गर्दै सामान्य तरिकाले बोर्डले बार्षिकोत्सब मनाउने जानकारी अध्यक्ष दयाराम दाहालले दिनुभयो ।
उहाँले भन्नुभयो, अहिलेको समयमा बन्दाबन्दीपछि चलचित्र क्षेत्रलाई चलायमान कसरी बनाउने भन्ने विषयमा बोर्ड केन्द्रित रहेको छ ।
कोरोनाको कारण चलचित्र प्रर्दशन रोकिएको छ दाहालले अहिले चलचित्र उद्योग तथा यस क्षेत्रका चलचित्रकर्मीलाई कसरी सुरक्षित गर्ने भन्ने हो ।
हामीले चलचित्र क्षेत्रका सबै संघ संस्था, फिल्मकर्मीलाई सहकार्य गरि विशेष राहत प्याकेज र निर्देशिका जारी गरि फिल्म क्षेत्रलाई चलायमान बनाउने तयारी गरिरहेका जानकारी दिनुभयो ।
कोरोना विशेष सन्दर्भमा योजना बनाउन व्यस्त बोर्डले सम्माननीय राष्ट्रपतिको हातबाट राष्ट्र्रिय पुरस्कार वितरण कार्यक्रम पछि तय गरिने जनाएको छ । कोरोनाका कारण यतिखेर फिल्मकर्मीको लागि चरणवद्ध रुपमा योजना बनाउन जरुरी देखिएको छ ।
बोर्डले सकेको राहत प्याकेज तत्काल ल्याउने तयारीका साथ बोर्ड जुटीरहेको उहाँले बताउनुभयो । अन्य विभिन्न कार्यक्रम अहिलेको संकट पछि विस्तारै तय गर्दै जाने पनि बोर्डले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?