logo
२०८१ बैशाख १४ शुक्रवार



कोभिड-१९ को कारण ९३ औँ ओस्कार अवार्ड समाराेह स्थगित

मनोरञ्जन |


कोभिड-१९ को कारण ९३ औँ ओस्कार अवार्ड समाराेह स्थगित


यलु जोशी
काठमाडौँ, असार २ गते । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को प्रकोपका कारण २०२१ को ९३ औँ संस्करण ओस्कार अवार्ड स्थगित भएको छ ।
फेब्रुअरी २०२१ मा हुने अवार्ड कम्तीमा पनि अप्रिलसम्मका लागि स्थगित गरिएको एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसले जनाएको समाचार एजेन्सीमा उल्लेख गरिएको छ ।
चलचित्र उद्योगकै सम्मानका रुपमा लिइने अवार्डको नयाँ मिति २०२१ को अप्रिल २५ तोकिएको छ । सन् २०२० भरि बनेका उत्कृष्ट चलचित्र तथा कलाकारलाई सम्मान गरिने रजतपटको यो संसारकै सबैभन्दा ठूलो कार्यक्रम हो ।
यस वर्षको मध्य मार्चदेखि कोरोना भाइरसको सङ्क्रमण फैलिँदा विश्वव्यापी रुपमा सिनेमाघरहरू बन्द भएको थियो । निर्माणमा रहेका चलचित्र पनि रोकिएका थिए । विश्वभर कोरोना भाइरसका कारण तोकिएको समयमा चलचित्र पूरा हुने अवस्थामा छैनन् ।
यसै गरी, ब्रिटिस एकेडेमी फिल्म अवार्ड (बाफ्टा) तोकिएको भन्दा दुई महिना पछि सारिएको छ । यसअघि सन् २०२१ को फेब्रुअरीमा हुने भनिएको अवार्ड समारोह उक्त वर्ष अप्रिल ११ मा मात्र हुने घोषणा गरिएको हो ।
’अवार्ड समारोहबारे गत वर्ष गरिएका घोषणाहरूको समीक्षा गरिँदैछ। आवश्यक परिवर्तनबारे निर्णयपछि जानकारी सार्वजनिक गरिने छ’, ब्रिटिस फिल्म एकेडेमीले विज्ञप्तिमा जनाएको छ ।
कोरोना भाइरस महामारीका कारण मनोरञ्जन क्षेत्रका अधिकांश कार्यक्रम तथा समारोहरू स्थगित छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?