logo
२०८१ बैशाख १४ शुक्रवार



भारतीय गायिका कनिका कपूरमा पाँचौं परीक्षणमा पनि संक्रमण पोजेटिभ

मनोरञ्जन |
अन्तर्राष्ट्रिय |


भारतीय गायिका कनिका कपूरमा पाँचौं परीक्षणमा पनि संक्रमण पोजेटिभ


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १८ गते । कोभिड–१९ बाट संक्रमित भारतीय गायिका कनिका कपूरमा पाँचौं पटकको परीक्षणमा पनि संक्रमण कायम रहेको पुष्टि भएको छ । उहाँ पछिल्लो एघार दिनदेखि अस्पतालमा आइसोलेशनमा हुनुहुन्छ ।
गायिका कपूर भर्ना गरिएको लखनऊस्थित पीजीआई अस्पतालका निर्देशक आर के धिमानले स्वास्थ्यमा सुधार देखिएपनि अझै संक्रमण रहेको बताउनुभयो । गम्भीर लक्षण नदेखिएको र उहाँको स्वास्थ्य निरन्तर सुधारोन्मुख रहेको निर्देशक धिमानले बताउनुभयो ।
मार्च दोस्रो साता बेलायतको लण्डनबाट महाराष्ट्रको मुम्बई पुग्नुभएकि गायिका कपूर तेस्रो दिन उत्तरप्रदेशको लखनऊ पुगेर सामाजिक उत्सवमा सहभागी हुनुभयो । गायिका कपूर लखनऊमा राजस्थानका पूर्वमुख्यमन्त्री बसुन्धरा राजे सिन्ध्या, उहाँकि छोरा र अन्य सांसदको सम्पर्कमा आउँदा करिब ९६ जना महत्वपूर्ण व्यक्ति सेल्फ क्वारेन्टाइनमा बस्नुपर्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?