logo
२०८१ बैशाख १५ शनिवार



मिस तामाङका प्रतिश्पर्धीलाई तामाङ संस्कृति सिकाइंदै

मनोरञ्जन |


मिस तामाङका प्रतिश्पर्धीलाई तामाङ संस्कृति सिकाइंदै


मकवानपुर समाचारदाता
हेटौँडा, मङ्सिर २० गते । हेटौँडामा हुने मिस तामाङ मकवानपुर प्रतियोगिताको तयारी तीब्र पारिएको छ । तामाङ युवतीमा रहेको प्रतिभा उजागरसँगै तामाङ धर्म, संस्कृति, संस्कार र परम्पराको संरक्षण एवं जगेर्नामा सहयोग पु¥याउन प्रतियोगिता आयोजना गरिएको हो ।
मिस तामाङ प्रतियोगिताको तयारीको क्रममा गुम्बा, तामाङ बाहुल्य क्षेत्रको भ्रमण, तामाङ रहनसहन, संस्कृति र तामाङ भाषाको बारेमा जानकारी गराइएको छ ।
तामाङ बाहुल्य क्षेत्रमा तामाङ समुदाय र अगुवाहरुसँग समसामयिक विषयमा छलफल र जानकारी गराउनेक्रममा जिल्लाको विभिन्न स्थानको भ्रमण गराइएको प्रतियोगिता संयोजक माया घलानले जानकारी दिनुभयो । उहाँका अनुसार नौ जना प्रतियोगी रहेको प्रतियोगिताका सहभागीहरुका लागि तालिम प्रदान गर्नेल गायतका तयारी भइरहको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?