logo
२०८१ बैशाख १४ शुक्रवार



सबैलाई नचाएर बिदा भए गोबिन्दा

मनोरञ्जन |


सबैलाई नचाएर बिदा भए गोबिन्दा


दिपकप्रसाद गौतम
वीरगञ्ज , कात्तिक २३ गते । बिहीबारदेखि वीरगञ्जमा सुरु भएको तीन दिने ‘ नेपाली चलचित्र स्वर्णिम महोत्सव’ को पहिलो दिन साँझ भारतीय कलाकार गोबिन्दाले दर्शकहरूका साथै नेपाली कलाकारलाई नचाउनुभयो ।
वीरगञ्ज महानगरपालिको आर्दश नगरमा रहेको रंगशालामा बिहीबारदेखि सुरु भएको तीन दिने ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’ को एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले विहीवार उद्घाट्न गर्नु भएको थियो भने भारतीय कलाकार गोबिन्दाले साँझ आफ्नो प्रस्तुति पस्किनुभयो ।
चलचित्र निर्माता संघले आयोजना गरेको महोत्सवमा सहभागी हुन विहीबार नै वीरगञ्ज आईपुग्नु भएका गोबिन्दा आर्दशनगरमा नै रहेको होटेल दियालो लर्डस प्लाजा बस्नु भएको थियो ।
होटेलबाट नजिकै रहेको रंगशाला जानेक्रममा होटल अगाडि मानिसको भीड लागेको थियो । स्थानीय नेता , उद्योगी,पत्रकारदेखि सर्वसाधारण कलाकार गोबिन्दासंग हात मिलाउन र सेल्फी फोटो खिच्न तथा फोटो खिचाउन नै व्यस्त देखिन्थे ।
होटेलबाट रंगशाला पुगेका कलाकार गोबिन्दालाई दर्शकको भीडले पछ्याईरहेको थियो । मैतो भेलपुरी खा रहा था बोलको उहाँ अभिनित फिल्म कै गीतमा आफू पनि नाच्दै सबैलाई नचाउनु भएको थियो ।
दुबै हात जोड्दै स्टेजमा चढ्नु भएका गोबिन्दाले नेपालीमा नै म सन्चै छु भन्नु भएको थियो ।
नेपाल मेरो ससुराली हो, मैले नेपालीलाई कति माया गर्छु त्यो मैले साबित गरी रहनु पदैन भन्दै आफ्नी श्रीमतीतर्फ ईसारा गर्नु भएको थियो । तराई पाहाड हिमालको उत्सव नेपाली चलचित्रको स्वर्णिम महोत्सव नाम दिईएको नेपाली चलचित्र महोत्सवमा भारतीय कलाकार गोबिन्दाले नेपालको खुलेर प्रशसा गर्नु भएको थियो ।
यहाँको पुरुषार्थ र यहाँको माया कसैले हल्लाएर नहल्लिने खालको रहेको आफूले पाएको उहाँले सम्बोधनकोक्रममा बताउनुभयो । ३४÷३५ वर्षदेखि श्रीमतीबाट आगाद्य माया पाईरहेको र आफू ससुराली आउने गरेको उहाँले बताउनुभयो । नेपाल नेचुरल फिल्म सिटि रहेको बताउँदैे अनुपम सुन्दर मनमोहक प्राकृतिक फिल्मसिटि जहा विश्वका अरु कुनैपनि फिल्म बनाउन सकिने स्थान नेपाल हो भनेर खुलेर प्रशंसा गर्नुभयो । आफू विश्वका बिभिन्न देशमा भ्रमण गरेको तर नेपालमा जस्तो प्राकृतिक सुन्दरताको अनुपम मेल देख्न नपाएको सम्बोधनकाक्रममा उहाँले बताउनुभयो । आफ्नो प्रस्तुति दिनु अघि ‘दुःख हर चिन्ता हर दरिद्र हर नेपालको जय’ भन्दै ’हरहर महादेव’ भन्नुभयो । तो क्या करे भैयाँ भन्दै कलाकार गोबिन्दाले सोनि दे नच्दे , अखियो से गोलि मारे , मैतो भेलपुरी खा रहा था लगायतका आधा दर्जन गीतमा प्रस्तुती दिदै सबैलाई नचाउनुभयो ।
अन्त्यमा बोल्दै कलाकार गोबिन्दाले विश्वमा जुनसुकै भाषाको फिल्म या गित बनोस सुन्नुस् , अपनाउनुस तर मातृभूमिलाई लोप हुन नदिनु होला भन्दै हात जोडेर बिदा हुनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?