logo
२०८१ बैशाख १५ शनिवार



चिनियाँ चलचित्र महोत्सव हुने

मनोरञ्जन |


चिनियाँ चलचित्र महोत्सव हुने


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २७ गते । सांस्कृतिक आदनप्रदानको उद्देश्यसहित भदौ ३१ गतेदेखि राजधानीमा चिनियाँ चलचित्र महोत्सव हुने भएको छ । नेपालस्थित चिनियाँ साँस्कृतिक केन्द्रको आयोजना तथा वल्र्ड कल्चरल नेटको सहआयोजनामा हुने महोत्सवमा चिनियाँ फिल्म ग्रुप कर्पोरेसनको पनि सहभागिता रहने जनाइएको छ ।

महोत्सव असोज २ गतेसम्म हुने छ । वल्र्ड कल्चर नेटका कार्यक्रम संयोजक राजेन्द्र रिमालका अनुसार, महोत्सवमा छ वटा चिनियाँ चलचित्र प्रदर्शन गरिने छ । महोत्सवमा चर्चित निर्देशक वङ्गकार वाईको ‘द ग्राण्डमास्टर’, दाँते लामको ‘अपरेसन मेकङ’, जँ ज्याक्युज अनौदको ‘वुल्फ टोटेम’, लेस्त चेनको ‘ब्याटल अफ मेमोरिज’, हान यानको ‘गो अवे मिस्टर ट्युमर’ र हाइ चोङ निर्देशित ‘रनिङ लाईक विन्ड’ प्रदर्शन गरिनेछ ।

हरेक दिन दुई वटा चलचित्र प्रदर्शन गरिने महोत्सवमा प्रवेश निःशुल्क रहेको जनाइएको छ । वल्र्ड कल्चरल नेटका अध्यक्ष दीपक सरकारले महोत्सव अन्तर्गत नै यस वर्ष पेकिङ युनिभर्सिटीको आर्ट इन्स्टिच्यूटका प्रोफेसर चेन सुगुआङसँग विशेष अन्तरसंवाद समेत राखिएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?