logo
२०८१ बैशाख १४ शुक्रवार



गायन र नृत्यमा पोख्त लुस्वाँ

मनोरञ्जन |


गायन र नृत्यमा पोख्त लुस्वाँ



गोरखापत्र समाचारदाता
काठमाडांै, भदौ १० गते । नाम जस्तै प्रतिभाकि धनि हुनुहुन्छ लुस्वाँ मानन्धर । सुनको फूल (लुस्वाँ) जुन नेवार समुदायमा विवाहको समयमा शिरमा गहनाको रुपमा प्रयोग गरिन्छ त्यस्तै फूल हुनुहुन्छ उहाँ ।
लजालु स्वभावको मानन्धर आफ्नो प्रतिभा देखाउन भने जहिल्यै अग्रसर हुनुहुन्छ । नौ वर्षमा प्रवेश गर्नुभएको मानन्धर नाच्ने, गाउनेमा मात्र नभएर साहित्य तर्फ पनि उत्तिकै रुची छ ।
झि दनि थन् झिगु छुहे मन्त...
थ्याय ब्याय् दनि थन् नान छुहे मन्त
(हामी छौ यहाँ हाम्रो भन्ने केही छैन...ठाउँ बाँस छ यहाँ नाम भने केही छैन)
यो नेपाल भाषाको कविता उहाँले आफै रचना गर्नुभएको हो जुन अहिले निकै चर्चामा रहेको छ । नेपाली, नेपाल भाषा, अँग्रेजी गीत गाउन सिपालु उहाँ नृत्यमा पनि उत्तिकै पोख्त हुनुहुन्छ । लुस्वाँः भन्नुहुन्छ, मलाई सानैदेखि गीत गाउन र नृत्यमा रुचि छ । यस्तो सौन्दर्य प्रतियोगितामा पनि मन भएको उहाँले चार वर्षको उमेरमा मास्टर एण्ड मिस काठमाडौ नेवाः किन्डरगार्डेन २०१३ प्रतियोगितामा उत्कृष्ट नेपाल भाषाको उपाधि प्राप्त गर्नुभएको थियो भने नेपाल सम्वत् ११३९ को मिस लिटिल नेवाःको शिर्ष उपाधि नै आफ्नो नाममा गर्नुभयो ।
आफैं पियानो बजाएर कुनै पनि धुन उर्तान सक्ने क्षमता भएको लुस्वाँः भविष्यमा सामाजिक अभियन्ता बन्ने योजना रहेको छ । उहाँ भन्नुहुन्छ, सबै भविष्यमा डाक्टर, इन्जिनियर बन्ने सपना बोकेको हुन्छ तर मलाई सोसल वर्कर बन्ने इच्छा छ । सामाजिक कार्यबाटै अनुराधा कोइराला, पुष्पा बस्नेतले विश्वमा नेपालको नाम चिनाउन सफल हुनुभयो म पनि यस्तै कार्यमा अगाडि बढ्छु । मानन्धर थप्नुहुन्छ, मेरो बुवाले गर्नुभएको सामाजिक कार्यबाट निकै प्रभावित भएको कारण यसमै मेरो जीवन विताउन चाहन्छु ।
केन्द्रीय मानन्धर संघमा गीत र स्पिच्मा प्रथम हुनुभएको उहाँ विभिन्न स्टेज कार्यक्रममा पनि गीत गाउनुहुन्छ ।
बुवा रोशन मानन्धरको हौसलाबाट यहाँसम्म पुग्न सफल भएको लुस्वाँले बताउनुभयो ।
बुवा मानन्धर भन्नुहुन्छ, छोरीको इच्छा र चहानालाई पूरा गर्ने हरेक आमाबुवाको कर्तब्य हो । तर हाम्रो समाजमा अहिले पनि छोरीलाई भन्दा छोरालाई नै प्राथमिकता दिइरहेको छ ।
यो समाजमा छोरीलाई अगाडि बढाउन नै छोरीको इच्छामा आफूले सक्दो सहयोग गरेको धारणा ब्यक्त गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?