logo
२०८१ बैशाख १४ शुक्रवार



हिमालपारीको गाउँ लिमीका बालबालिकालाई पहिलो पटक शैक्षिक सामग्री

शिक्षा |
प्रदेश |


हिमालपारीको गाउँ लिमीका बालबालिकालाई पहिलो पटक शैक्षिक सामग्री


राजन रावत
हुम्ला, असोज ८ गते । कोरोना कहरमा पनि पठन पाठन सुचारु रहेका नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका बिधार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको छ । हालसम्म अन्यत्रबाट यसरी सामग्री नपाएका बिधार्थीलाई पठन पाठनमा सहजता ल्याउन र शैक्षिकस्तर उकास्न सहयोगस्वरुप सामग्री उपलब्ध गराइएको बताइएको छ ।

लिमीका तीन गाउँका ६६ जना बिधार्थीलाई सबैखाले शैक्षिक सामग्री सहयोग प्राप्त भएको वडा अध्यक्ष पाल्जोर तामाङले जानकारी दिनुभयो । धेरै पहिलेबाट बिद्यालय सञ्चालन भएको भएपनि बिधार्थीलाई शैक्षिक सामाग्री प्राप्त भएको पहिलो पटक हो । आफ्नै घरबाट किनेका शैक्षिक सामाग्रीबाट हालसम्म पठन पाठन गर्दैआएको अहिलेको सहयोगले बिधार्थीमा हौसला बढाउने उहाँले बताउनुभयो । शिक्षा क्षेत्रमा सहयोग र अन्यत्र शैक्षिक सामग्री उपलब्ध गराउँदैआएको आधार बिकास नेपाल हुम्लाका शिक्षा अधिकृत कुन्जोक लामाले कहिल्यै यस्ता सहयोग नपुग्ने लिमीका बिधार्थीलाई यसपाली सहयोग आएकोमा खुशी व्यक्त गर्नुभयो ।

लिमीका दुई विद्यालयमा अध्ययनरत सबै बिधार्थीलाई सामग्री बितरण गरिएको लामाले बताउनुभयो । पठन पाठनमा सहजता ल्याउन र आर्थिक अबस्था कमजोर भएका बिधार्थीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले सामग्री बितरण गरिएको उहाँले बताउनुभयो । सहयोग गरिएका सामग्रीमा पोशाक, झोला, जुता, टोपी, मोजा, कापी कलम पेन्सील, ज्यामिति बक्स, लेखन अभ्यास पुस्तिका, मार्कर पेन मसी, ह्वाईट बोर्ड, माक्स, सेनिटाईजर र सावुन रहेका छन् । शैक्षिक सामाग्री पाएपछि बिधार्थी र अबिभावकहरु खुसी हुनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?