logo
२०७८ असोज ८ शुक्रवार

दैनिक अध्यावधिक

image
941

सङ्क्रमित

image
1324

निको भएका

image
13

मृत्यु भएका

मिति:आश्विन ७, २०७८ (१६:०१)
स्राेत:https://covid19.mohp.gov.np/

  दशैंकाे तयारी  



हवाई टिकट बुकिङ, असोज पहिलो सातादेखि खुला गर्ने तयारी

खुला |


हवाई टिकट बुकिङ, असोज पहिलो सातादेखि खुला गर्ने तयारी


काठमाडौं, भदौ ३० गते । वायुसेवा सञ्चालक सङ्घले असोजको पहिलो सातादेखि अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको छ । यसको लागि शुक्रबार बैठक बस्न लागेको सङ्घका प्रवक्ता योगराज कँडेलले जानकारी दिनुभयो ।
दशैं, तिहार तथा छठ पर्वका लागि उपत्यका छाड्ने यात्रुका लागि हवाइ सेवातर्फको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुला गर्ने तयारी भएको प्रवक्ता कँडेलले बताउनुभयो ।
‘वर्षातका कारण स्थलमार्ग (सार्वजनिक यातायात) तर्फ ठाउँ–ठाउँमा सडक अवरोध हुँदा त्यसको प्रत्यक्ष चाप हवाई सेवामा पर्छ,’ प्रवक्ता कँडेलले भन्नुभयो,‘त्यसैले यसबारे विस्तृत निर्णय शुक्रबारको बैठकले गर्नेछ । बैठकमा जहाज थप्नु पर्ने, बुकिङ कहिलेदेखि खुला गर्ने भन्ने विषयमा निर्णय हुन्छ ।’
उहाँका अनुसार आन्तरिक उडानतर्फ १३ कम्पनीका ४८ जहाज मार्फत दैनिक १५० माथिको नियमित उडान हुँदै आएको छ । दशैं, तिहार र छठमा हवाई यात्रुको चाप उच्च देखिने हुँदा थप जहाज थप्नुपर्ने देखिएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?