logo
२०८१ बैशाख १४ शुक्रवार



म्यान्चेष्टर युनाइटेड स्तब्ध, योङ्ग बोइजको जित

फुटबल |
खेलकुद |


म्यान्चेष्टर युनाइटेड स्तब्ध, योङ्ग बोइजको जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ३० गते । योङ्ग बोइजले म्यान्चेष्टर युनाइटेडलाई हराएको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत गए राति सम्पन्न खेलमा योङ्ग बोइजले म्यान्चेष्टर युनाइटेडलाई २–१ ले हराएको छ ।
खेल सुरु भएको १३ औं मिनेटमै क्रिष्टियानो रोनाल्डोले गोल गरेर म्यान्चेष्टर युनाइटेडलाई १–० को अग्रता दिलाउनुभयो तर हार टार्न सक्नुभएन । ब्रुनो फर्नान्डेजको क्रसलाई रोनाल्डोले गोलमा परिणत गर्नुभयो । आरोन बिस्साकाले क्रिष्टोफर मार्टिन्सलाई लडाएर रातो कार्ड खाएर बाहिरिन पुग्दा करिब एक घण्टासम्म म्यान्चेष्टर युनाइटेड दश खेलाडीमा सीमित भएर खेल्नुपर्यो ।
६५ औं मिनेटमा मौमी नामेउलीले बराबरी गोल फर्काउँदै योङ्ग बोइजलाई १–१ को स्थितिमा ल्याउनुभयो । रोनाल्डोले मैदान छोडेको १८ मिनेटपछि बिस्थापित खेलाडीको रुपमा आउनुभएका जस्सी लिङ्गार्डको गलतीको फाइदा उठाउँदै जोर्डन सैबाचेउले गोल गर्दै योङ्ग बोइजको २–१ को जित सुनिश्चित गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?