logo
२०८० चैत्र ६ मंगलवार



विभिन्न ठाउँमा चोरी गर्ने छ जना पक्राउ

खुला |
समाज |


विभिन्न ठाउँमा चोरी गर्ने छ जना पक्राउ



गणेश खनाल
अर्घाखाँची, साउन १९ गते । विभिन्न ठाउँमा चोरी गर्ने छ जना आरोपितलाई प्रहरीले मगलबार प्रक्राउ गरेको छ । सुनचाँदी, किराना तथा ल्यापटप र मोबाइल पसलमा चोरी गर्ने छ जनाको एक समूहलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको हो ।
पछिल्ला केही महिनायता अर्घाखाँचीको सन्धिखर्कमा चोरीका घटना बढ्दै गएपछि चोरी नियन्त्रण लागी प्रहरीले अप्रेशन सञ्चालन गरेको थियो । पछिल्लो समयमा छुट्टा छुट्टै चार वटा स्थानान चोरी गरि फरार रहेका व्यक्ति तथा चोरी भएका सामग्री समेत नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक अम्मर थापाले जानाकारी दिनुभयो ।
चोरीमा संलग्न चार जना १७ वर्षमुनिका बालक रहेका छन्। त्यस्तै, चोरी गरिएका सामग्री लुकाएर रान्ने दुई जनालाई प्रक्राउ गरिएको प्रहरी निरिक्षक तथा सुचना अधिृकत गणेश खनालले जानाकारी दिनुभयो ।
पक्राउ पर्नेहरूमा सन्धिर्खक ११ बस्ने २६ वर्षीय किशन नेपाली, १८ वर्षीय रोसन नेपाली रहेका छन् भने अरू चार जना नाबालक रहेको कारण पहिचान खुलाइएको छैन । पक्राउ परेका १७ वर्ष, १५ वर्ष, १३ वर्ष र १२ वर्षका एक÷एक जना रहेका छन् ।
प्रहरी प्रमुख थापाका अनुसार चोरी गरिएका सामग्री किसन नेपाली र रोसन नेपालीको घरबाट बरामद गरिएको जानकारी दिनुभयो । रामद गरिएका सामग्रीमा २५ तोला चाँदी, दुइटा ल्यापटप, २५ वटा पुरानो मोबाइल, रिचार्ज कार्ड तथा किराना पसलबाट चोरी भएका विभिन्न ५० प्रकारका सामग्री छन्। अभियुक्तलाई चोरी मुद्दामा जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरू गरिएको प्रहरीले बताएको छ ।
उक्त समूहले गत साउन ३ गते सन्धिखर्क नगरपालिका ११ जोगिमारे बस्ने राजकुमार सुनारको सुनचाँदी पसलबाट २५ तोला चाँदी र १ वटा ल्यापटप चोरी गरेको थियो । सोहि समूहले नै साउन ५ गते सोही स्थानका हिम बहादुर सेजवाल र साउन ८ गते बुद्धिबहादुर सेजवालको किराना पसल तथा साउन १३ गते जोगिमारे घर भई हाल वडा नं. वडा नं. १ बैंकरोडमा ल्यापटप र मोबाइल पसल चोरी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?