logo
२०८० चैत्र ६ मंगलवार



कोरोनाविरुद्धको खोप तत्काल व्यवस्था मिलाईदिन कांग्रेस सहमहामन्त्री थापाको माग

राष्ट्रिय |


कोरोनाविरुद्धको खोप तत्काल व्यवस्था मिलाईदिन कांग्रेस सहमहामन्त्री थापाको माग



कोकिला भण्डारी
धनकुटा, साउन १९ गते । विश्वभर फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण धनकुटा जिल्लामा तीब्र रुपमा बढिरहेको छ ।
उक्त संक्रमणलाई मध्यनजर गर्दै पूर्व मन्त्री एवं नेपाली काङ्ग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले स्वास्थ्य मन्त्रालयमा धनकुटा जिल्लाका लागि आवश्यक खोप तत्काल उपलब्ध गराउन माग गर्नुभएको छ ।

नेपाली काङ्ग्रेस सहमहामन्त्री थापाले स्वास्थ्यराज्य मन्त्री उमेश श्रेष्ठसँग मन्त्रालयमा भेट गर्दै धनकुटा जिल्लाभर आवश्यक पर्ने कोरोना भाइरस विरुद्धको जिल्ला जनस्वास्थ्य धनकुटाबाट माग भए बमोजिमको खोप तत्काल उपलब्ध गराइदिन माग गर्नुभएको हो ।
सोही अवसर पारेर जिल्लामा विशेषज्ञको दरबन्दी व्यवस्थापन गर्न स्वाथ्य सचिव र निर्देशकले सहयोग गर्ने सहमहामन्त्री थापाले जानकारी दिनुभयो

सहमहामन्त्री थापाले स्वास्थ सचिब डा. रोशन पोख्रेल तथा विभागका निर्देशकसँग छलफल गर्दै पहाडी जिल्ला धनकुटालाई खोपमा उच्च प्राथमिकतामा राख्दै त्यसको लागि आवश्यक कार्य अघि बढाइने जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?