logo
२०८० चैत्र ६ मंगलवार



शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी नियुक्त

शिक्षा |
राष्ट्रिय |


शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी नियुक्त


गाेरखापत्र अनलाइन
काठमाडौं, साउन १९ गते । सरकारले करिब एक वर्षदेखि पदाधिकारीविहीन रहेको शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षक सेवा आयोगको अध्यक्षमा रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।
कानुन मन्त्री कार्कीका अनुसार काठमाडौं महानगरपालिका–१० का रेग्मी अध्यक्षमा र सदस्यहरूमा काठमाडौं, कलंकीका डिल्लीराम रिमाल र कीर्तिपुर नगरपालिका–९ नयाँबजारकी नन्दकुमारी महर्जन (नानी मिस) नियुक्त हुनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?