logo
२०८० चैत्र ६ मंगलवार



पर्सा जिल्लामा भौतिक रुपमा निजी विद्यालयहरु सञ्चालनमा

शिक्षा |
प्रदेश |


पर्सा जिल्लामा भौतिक रुपमा निजी विद्यालयहरु सञ्चालनमा
फाइल फाेटाे



दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन १९ गते । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार पर्सा जिल्लामा रहेका शैक्षिक संस्थाहरुले भौतिक उपस्थितीमा कक्षा सञ्चालनको अनुमति पाएका छैनन् तर जिल्लाका नीजि विद्यालयहरुले विद्यालय पोशाक बाहेक अन्य पोशाकमा बिद्यार्थीलाई बिद्यालय बोलाएर भौतिकरुपमा कक्षा सञ्चालन गरिरहेको पाइएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र पर्साका संयोजक एंव जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर अधिकारीले मन्त्रिपरिषद्को निर्णय बिना विद्यालय सञ्चालनको अनुमति दिन नसकिने बताउनुहुन्छ तर जिल्लामा नीजि विद्यालयहरु भैतिकरुपमा सञ्चालनमा आउँदा स्थानीय प्रशासन बेखबर देखिन्छ ।

केही निजी विद्यालयहरूले बिहान पौने सात बजेदेखि बिहान साढे एघार बजेसम्म कक्षा ८ देखि १२ सम्मका कक्षाहरु विद्यार्थीहरूलाई भौतिकरूपमा सहभागि गराएर सञ्चालन गरिरहेका छन् । सुरुमा एक/दुई वटा नीजि विद्यालय भौतिकरुपमा सञ्चालनमा आएको भए पनि हाल आएर एक पछि अर्को गर्दै धेरै नीजि विद्यालयहरुले विद्यालय पोशाक बाहेक अन्य पोशाकमा बिद्यार्थीलाई बिद्यालय बोलाएर भौतिकरुपमा कक्षा सञ्चालन गरिरहेका छन् ।

वीरगञ्जको रानीघाटमा रहेको होलि लैण्ड विद्यालयको कक्षा ८ , ९ र १० का कक्षा विद्यार्थीहरुको भौतिक उपस्थितमा जेठको पहिलो हप्ता देखि नै सञ्चालनमा आईरहेको एक शिक्षकले नाम नछाप्ने शर्तमा बताउनुभयो । प्याब्सन पर्साका एकजना सदस्यले नाम सार्वजनिक नगर्ने शर्तमा जिल्लाका एकाध नीजि विद्यालय बाहेक धेरैजसो विद्यालयहरू विनापोशाक सञ्चालनमा रहेको बताउनुभयो ।
पर्सा जिल्लामा वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञामा बन्द गरिएका विद्यालय सञ्चालनको लागि हालसम्म अनुमति दिइएको छैन । नयाँ

शैक्षिक सत्र असार १ गतेदेखि कक्षा ८ देखि १२ सम्म भौतिकरूपमा विद्यालय सञ्चालन गर्न वीरगञ्ज महानगरपालिका सूचना निकाले पनि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले अनुमति नदिएकाले विद्यालय भौतिकरूपमा सञ्चालन गरिएको थिएन ।
महानगरपालिको सूचनालाई आधार मानी केही विद्यालयहरूले असारदेखि विनापोशाक भौतिकरूपमैं विद्यालय सञ्चालन गरेको गुनासो आएपछि प्याब्सन पर्साले सञ्चालनमा आएका विद्यालयको कुनै प्रकारको जिम्मेवारी नलिने जनाएपछि ती विद्यालयहरू केही दिन बन्द भएपनि हाल सञ्चालनमा आइसकेका छन् ।

अहिले पर्साको सदरमुकाम वीरगञ्जका मात्र नभई ग्रामिण भेगका धेरै नीजि विद्यालयहरु समेत भौतिक विद्यार्थी उपस्थित गराई सञ्चालनमा आएका छन् । विद्यालय सञ्चालनको अनुमति पनि नदिने र स्थानीय प्रशासनको निर्देशन अटेर गरी विद्यालय सञ्चालित विद्यालयलाई स्थानीय प्रशासनले कारबाही नगर्दा विद्यार्थी तथा अभिभावक दुविधामा परेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?