logo
२०८१ बैशाख १४ शुक्रवार



६६ जिल्लाका आधारभूत विद्यालयमा इन्टरनेट जडान गरिने   

शिक्षा |
खुला |
प्रदेश |


६६ जिल्लाका आधारभूत विद्यालयमा इन्टरनेट जडान गरिने   
फाइल तस्बिर


काठमाडौँ, जेठ १७ गते । सरकारले ६६ जिल्लाका आधारभूत विद्यालयमा ‘ब्रोण्डब्याण्ड इन्टरनेट’ पु¥याउने भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ती विद्यालयमा इन्टरनेट सेवा जडान तथा सञ्चालनको तयारी थालिएको छ ।    
    
नेपाल दूरसञ्चार प्राधिकरणले आज एक सूचना जारी गर्दै ती जिल्लाका स्थानीय तहलाई समझदारी पत्रमा हस्ताक्षर गर्न आग्रह गरेको छ सूचना अनुसार विनासकारी गोरखा भूकम्पबाट अति प्रभावित काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुगां र काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर बाहेकका जिल्लाका सबै आधारभूत विद्यालयमा इन्टरनेट जडान हुने जनाइएको छ । सूचनामा १५ दिनभित्र समझदारी पत्रमा हस्ताक्षर गर्न भनिएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?