logo
२०८१ बैशाख १४ शुक्रवार



भवन नभएपछि चौरमा अध्ययन गर्दै विद्यार्थी

शिक्षा |


भवन नभएपछि चौरमा अध्ययन गर्दै विद्यार्थी


राजन रावत

हुम्ला फागुन २८ गते । लामो समयको काेरोना कहरपछि पठन पाठन भएको विद्यालयमा विद्यार्थीहरु खुला चौरमा अध्ययन गर्दै आएका छन् । गतवर्ष बर्खामा बाढी आएर विद्यालयको भत्किएपछि कक्षा कोठाको अभावमा विद्यार्थीहरु चौरमा अध्ययन गर्न बाध्य हुँदै आउनुभएको हो ।
ताँजाकोट गाउँपालिका वडा नम्बर २ को छप्रेलाको धर्मोदय माध्यामिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रा विदेबी शर्माका अनुसार कोरोनाको त्रासपछि विद्यालयमा पठनपाठन सुरु हुँदा कक्षा कोठा नहुँदा दैनिक रुपमा चौरमा अध्ययन गर्नुपरिरहेको छ । चर्को घाम लागेका बेला अध्ययन गर्न शिक्षक र विद्यार्थी दुवै पक्षलाई कठिन हुने उहाँले बताउनुभयो । कक्षा ६ देखि १२ सम्म अध्ययन हुने उक्त विद्यालयका विद्यार्थीहरुले कहिलेसम्म यसरी चौरमा पठन पाठन गर्नुपर्ने हो कुनै ठेगान नभएको अविभावक धर्मराज जैशीले बताउनुभयो ।
बर्खाको पहिरोमा पछि धेरै विद्यालयका धेरै भवनमा क्षति पुगेको कारण विधार्थीले चौरमा अध्ययन गर्नु बाध्यता रहेको बताउँदै जैशीले सरोकारवाला निकायलाई अनुरोध गरेपछि सुनुवाई हुन नसकेको बताउनुभयो । यसरी सधैं कक्षा बाहिर अध्ययन गर्दा विधार्थीलाई शारीरिक र मानसिक रुपमा समस्या आउन सक्ने उहाँले बताउनुभयो । कम्तीमा पनि यो शैषिक सत्र विद्यार्थीहरुले यसरी नै पढ्नु पर्ने निश्चित भएको उहाँले बताउनुभयो ।
विद्यालयमा प्रधानाध्यापक गंगादत्त जैशीका अनुसार खुला चौरमा पठनपाठन सुरु गर्नु विद्यालयको बाध्यता रहेको बताउनुभयो । विद्यालयको एउटा भवन बाहेक अन्य सबै भवनमा बाढीले क्षति पुर्याएपछि विद्यार्थी र शिक्षकलाई चौरमा पठनपाठन गर्नुको अन्य बिकल्प नभएको उहाँले बताउनुभयो । गत भदौ महिनामा बाढीले विद्यालय भवनलाई क्षति पुर्याएपछि त्यसको निर्माणकार्य हुन नसक्दा विद्यार्थी चौरमा पढ्नु परि रहेको उहाँले बताउनुभयो । पानी परेका दिनमा पठनपाठन बन्द गर्नु परेको बताउँदै प्रअ जैशीले चौरमा अध्ययन गर्ने विद्यार्थीहरुमा कक्षा छ, सात ११ र १२ रहनुभएको छ । कक्षा आठ, नौ र दशका विद्यार्थीहरु भने क्षति पुगेकै भवनमा जेनतेन अध्ययन गरि रहनुभएको उहाँले बताउनुभयो । त्यस्ता कक्षा कोठामा अध्ययन गर्न असजिलो लागेपछि विद्यालय बाध्य भएर पठनपाठन गरिरहेको उहाँले बताउनुभयो । विद्यालयमा ४५० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा भवन निर्माणका लागि प्रदेश र संघीय सरकारबाट बजेटको ब्यबस्था भए पनि स्थान छनौट हुन नसकेका कारण निर्माणकार्य अगाडि बढ्न सकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?