logo
२०८१ बैशाख १४ शुक्रवार



चन्दामा सञ्चालित आदिकवि भानुभक्त क्याम्पस देशकै उत्कृष्ट क्याम्पस

शिक्षा |


चन्दामा सञ्चालित आदिकवि भानुभक्त क्याम्पस देशकै उत्कृष्ट क्याम्पस
दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पस, तस्विर–अमरराज नहर्की


अमरराज नहकी
तनहुँ, फागुन २१ गते । चन्दा उठाएर समुदायले सञ्चालन गरेको तनहुँको एक क्याम्पस देशकै उत्कृष्ट क्याम्पस बन्न सफल भएको छ । व्यास नगरपालिका–१ भादगाउँ, दमौलीस्थित आदिकवि भानुभक्त चालु आर्थिक वर्ष र विगतका वर्षका शैक्षिक सत्रमा राम्रो नतिजा प्राप्त गरी उत्कृष्ट बनेको हो ।
चालु आर्थिक वर्षमा व्याम्पसले एमबीएस तहको चौथो सेमेस्टरमा हालै प्रकाशित नजितामा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको क्याम्पसले जनाएको छ । क्याम्पसले गत वर्ष पनि शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएको थियो । क्याम्पस प्रमुख महाप्रसाद हड्खलेका अनुसार चालु आर्थिक वर्षहरुमा नतिजाहरु राम्रो ल्याइरहेकोमा यस वर्ष पनि उत्कृष्ट हुने सम्भावना रहेको छ । सरकारी क्याम्पसको भन्दा समुदायको लगानीमा सञ्चालन गरिएको क्याम्पसको नतिजा राम्रो भए पनि सरकारले गुनासा, आवश्यकता र वेदनालाई सम्बोधन नगरेको क्याम्पस प्रमुख हड्खलेले गुनासो गर्नुभयो ।
क्याम्पसमा हाल दुई हजार पाँच सय विद्यार्थीले अध्ययन गर्ने गरेको प्रत्येक वर्ष ५ सय विद्यार्थी बढ्ने गरेको क्याम्पसले जनाएको छ । विद्यार्थीको रोजाई बढ्दै गएकाले यस वर्ष एक हजार थप हुने अनुमान गरिएको सहायक क्याम्पस प्रमुख कल्पना लम्सालले बताउनुभयो । यसै फागुन महिनाबाट शुरु भएको यसवर्षको स्नातक तहको नयाँ भर्ना कार्यक्रममा करिव छसय विद्यार्थीहरुले भर्ना आवेदन भरी प्रवेश परीक्षा दिएकाले विद्यार्थीको रोजाईमा परेको उदाहरण भएको सहायक क्याम्पस प्रमुख लम्सालले बताउनुहुन्छ । समुदायको व्यापक सहभागितामा क्याम्पस वि.सं. २०४४ साल भदौ १८ गते प्रारम्भ भएको हो ।
विद्यार्थीहरुको नियमित कक्षा र राम्रो कक्षा क्रियाकलाप, हाजिरी, पढाई, परिक्षा, नतिजा निरन्तर अनुगमनले गर्दा क्याम्पस नमुना बन्न सफल भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष बह्मादक्त तिमिल्सिनाले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?