logo
२०८१ बैशाख १५ शनिवार



बालविकासका बालबालिका धुलो उड्ने भुइँमा बस्न बाध्य

शिक्षा |


बालविकासका बालबालिका धुलो उड्ने भुइँमा बस्न बाध्य


राजन रावत
हुम्ला, फागुन २० गते । दुर्गमको एक विद्यालयमा अध्ययनरत बाल बिकासका बालबालिका धुलो उड्ने भुइँमा बस्न बाध्य हुँदै आएका छन् । विद्यालयले श्रोत अभाव भन्दै फर्निचरको ब्यवस्था नगरेपछि उनीहरु भुइँमा बस्न बाध्य भएका हुन् ।
सर्केगार्ड गाउँपालिका वडा नम्बर ६ को बराई गाउँमा रहेको स्वयम्भू आधारभूत विद्यालयमा अध्ययनरत बाल बिकासका विद्यार्थीहरु भुइँमा बस्न बाध्य हुँदै आएको अविभावक रिउली रोकायाले बताउनुभयो । कोरोनाको कारण विद्यालय भरखरै सञ्चालनमा आएकोले कक्षा कोठामा साना बालबालिकालाई बस्ने ब्यबस्था नभए पनि पढाइका लागि पठाउन बाध्य भएको उहाँले गुनासो सुनाउनुभयो । गाउँपालिका वडासँग बाल बिकासका विद्यार्थी अध्ययन गर्ने विधार्थीहरुको कक्षा कोठामा कार्पेट र ओछ्याउने कपडाको ब्यबस्था गर्न अनुरोध गरे पनि केही ब्यबस्था हुनसकेको छैन । 

विद्यालयसँग श्रोत नभएपछि बाल बिकासको कक्षामा ओछ्याउने ब्यबस्था गर्न नसकिएको विद्यालयका शिक्षक दन्त साउदले जानकारी दिनुभयो । कक्षामा विद्यार्थी आउने र धुलो उठ्ने भुइँमा बसेर आफ्ना क्रियाकलाप गर्ने गरेको उहाँले बताउनुभयो । बस्ने अन्य कुनै ब्यवस्था नहुँदा विद्यार्थीहरु चिसो र धुलोले बिरामी पर्लान भन्ने चिन्ता थपिएको समेत विद्यालयले जनाएको छ ।

उक्त विद्यालयको बाल बिकास कक्षामा सत्तरी जना बालबालिका अध्ययन गर्दै आएका छन् । जिल्लामा धेरै संघसंस्था, वडा र गाउँपालिकाबाट बाल बिकासका लागि धेरै ब्यबस्था हुने गरेको भएपनि स्वयम्भू आधारभूत विद्यालयमा भने केही हुन नसकेको गुनासो अविभावकको छ । सबैतिर कुरा बालमैत्री हुने तर साना विधार्थीले आफु धुलो र चिसो भुइँमा बस्नुपरिरहेकोले त्यो भनाई ब्यर्थ रहेको शिक्षक साउदले बताउनुभयो । विद्यालय सञ्चालन भएयता धेरै निकायमा सहयोगका लागि याचना गरे पनि कतै सुनुवाइ नभएको कारण सबैको ध्यानकर्षण गर्न चाहेको शिक्षक साउदले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?