logo
२०८१ बैशाख १५ शनिवार



नेपाली शुद्धसँग लेख्ने र अर्थबोध गर्ने विद्यार्थीको संख्यामा बृद्धि

शिक्षा |
फिचर |


नेपाली शुद्धसँग लेख्ने र अर्थबोध गर्ने विद्यार्थीको संख्यामा बृद्धि
तस्विरः   तारा चापागाई


तारा चापागाई
कास्की,फागुन १० गते । प्रारम्भिक कक्षा पढाइ कास्कीका ८ वटा सामुदायिक विद्यालयको स्थलगत अनुगमन गरिएको छ । पोखरा महानगरमा ४ वटा र रुपागाँउपालिकामा ४ वटा गरि ८ विद्यालय अनुगमन गर्दा नेपाली शुद्धसंग लेख्ने र अर्थबोध गर्ने विद्यार्थीको संख्यामा बृद्धि भएको पाइयो ।

सन् २०१४ देखि सुरु भएकोे राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको सञ्चालन भैरहेका छन् । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले युएसएडको सहयोगमा सो कार्यक्रम देशका ३८ जिल्लामा लागु गरेको थियो ।
कक्षा १ देखी ३ सम्म अध्ययन गर्ने बालबालिकाहरुको पठनशिप अभिबृद्धि गर्ने उदेश्य सहित सुरुवात भएको हो ।

समग्रमा उक्त कार्यक्रम प्रभावकारी बनेको इजिआर पि क्षेत्रिय कार्यलय संयोजक बखत भण्डारीले जानकारी दिनु भयो । दुइदिने अनुगमनले विद्यार्थीमा सिक्ने पढने र लेख्नेमा बौद्धिक बृद्धि भएको पाइयो, पढाइको जग बलियो बनाउने उदेश्यले गरिएको राष्«िटय कार्यक्रम हो, उपलब्धता, गुणस्तर, र सक्षमता गरि ३ कुरामा जोड दिइएको छ ।

पठनशिपको विकास भएको हामीले पायौ, उहाँले भन्नु भयो । उहाँले विद्यालयमा शिक्षा सुधारका लागी स्थानिय सरकारले ध्यान दिन नसकेको अनुगमनले देखाएको जानकारी गराउनु भयो । कार्यक्रमको उपलव्धिका सन्तोष जनक रहेको कास्की जिल्ला संयोजक तृप्ति चौधरीले बताउनु भयो । “कोभिडका कारण विद्यार्थीको पढाइमा असर गर्यो कि भन्ने थियो, तेस्तो भेटिएन् व्यवस्थापन राम्रो रहेछ, ।

चौधरीका अनुसार विद्यार्थीको पढाइको गुणस्तरमा खस्किएको छैन् । पोखरा महानगरपालिकाका शिक्षा महाशाखा अधिकृत राम प्रसाद तिवारीले माध्यमिक तहका विद्यालयमा विद्यार्थी संख्या बढि र आधारभुत तहमा कम देखिएको बताउनु भयो ।
स्थानिय विद्यार्थी भर्ना गर्न नसक्नु कमी कमजोरी कहाँ छन्, पहिचान गर्नुपर्यो, ।

उहाँका अनुसार कोभिडले विद्यालय सञ्चालनमा ढिलाइ हँुदा आएका समस्याहरुलाइ शिक्षकले व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । पोखरा महानगरपालिकाका शिक्षा शाखा अधिकृत बद्धिनाथ सुवेदीले कोभिडका कारण विद्यालय बन्द रहदा पनि तुलनात्मक रुपमा राम्रो रहेको जानकारी दिनु भयो ।

नेपाली शिक्षाको गुणस्तरमा सुधार

नेपाली शिक्षाको गुणस्तर बृद्धिका लागि प्रारम्भिक कक्षा पढाइले महत्वपुर्ण भुमिका खेलेको इन्द्रराज्यलक्ष्मी पोखराका प्राध्यापक केशव प्रसाद अम्गाइले जानकारी दिनु भयो । उहाँले विद्यालयले पुर्वाधार लगायतको कक्षको सुधार शिक्षाको गुणस्तर बृद्धिका लगायतका सुधार गर्न नसके शिक्षाको गुणस्तर सुधार्न नसकिने भन्दै सवैभन्दा पहिला यि कुराहरुमा ध्यान दिएको बताउनु भयो ।

पोखरा १० कालिका मां वि का शिक्षीका शोमा देवी कोइरालाले विद्यार्थीमा प्रारम्भिक कक्षा पढाइले पढने बानीको विकास सगै विद्यार्थीले शुद्ध लेख्ने र पढने बानीमा सुधार आएको बताउनु हुन्छ । “धेरै प्रभावकारी भएको छ , बच्चाहरु अनुशासन भएका छन्, पढने बानीको विकास सगै शब्द उच्चारणमा पनि निकै सुधार भएको छ ।,

उक्त कार्यक्रमले जग बाटै शिक्षा क्षेत्रको सुधारका लागि धेरै राम्रो काम गरेको र नतिजा समेत राम्रो आएको जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई कास्कीका प्रमुख नारायण प्रसाद सुवेदीले बताउनु भयो । कार्यक्रमले अभिभावक, विद्यार्थी र शिक्षाको सम्वन्ध सुधार्ने सगै विद्यालय भर्ना अभियान, शिक्षण पद्धती, सिकाउने कला, विद्यार्थीलाई विद्यालय जानुपर्छ भन्ने भावनाको विकास संगै अन्य धेरै काममा सहयोग गरेको उहाँको भनाई थियो ।

सन २०१४ वाट कार्यक्रम सुरु भएकोमा सन २०१६ लाई आधार अध्ययन बर्ष र सन २०१८ मा मध्यावधि मुल्याङकन वर्ष मानि गरिएको अध्ययन अनुसार आधार रेखा अनुसार एक विद्यार्थीले एक मिनेटमा ४५ शब्द पढ्न सगै पढेको शब्दको ८० प्रतिशत अर्थबोध गर्न सक्नु पर्ने हुन्छ ।

जसका लागी विद्यालयका प्रधानाध्यापकलाई ५ दिने र प्रारम्भिक तहका शिक्षकलाइ १० दिने तालिम र कक्षाकोठा छापामय बनाउन विद्यालयलाइ अनुदान समेत दिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?