logo
२०८० चैत्र ६ मंगलवार



कर र राजस्व अब मोबाइलबाट

अर्थ |


कर र राजस्व अब मोबाइलबाट



गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ९ गते । राष्ट्रिय वाणिज्य बैङ्कमार्फत भुक्तानी हुने कुनै पनि कर तथा राजस्व करदाताले आफ्नो मोबाइल बैङ्किङबाटै भुक्तानी गर्नसक्ने भएका छन् । यसका लागि बिहीबार राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल क्लियरिङ हाउस, खल्ती, आईएमई पे, प्रभु पे र नेपाल पेबीच सम्झौता भएको छ ।
सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैङ्कका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, नेपाल क्लियरिङ हाउसका प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी, खल्तीका प्रोडक्ट डेभलपमेन्ट प्रबन्धक अनमोल राट्रिय, आईएमई पेका व्यवसाय विकास प्रमुख अमोद भट्टराई, प्रभु पेका प्रबन्ध सञ्चालक कुसुम लामा र नेपाल पेका प्रमुख सञ्चालन अधिकृत मालिका भट्टराईले हस्ताक्षर गर्नुभएको बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्झौतापछि करदाताले आन्तरिक राजस्व विभाग अन्तर्गतका राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य सेवा शुल्क मोबाइल बैङ्किङबाट सहजै भुक्तानी गर्नसक्ने छन् । यस्तै बैङ्कमार्फत बुझाइने अन्य कुनै पनि किसिमका कर तथा राजस्व पनि यसबाट भुक्तानी गर्न सक्ने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?