logo
२०८१ बैशाख १५ शनिवार



बाजुरामा भौतिक दूरी कायम गर्दै होम सेन्टरमै कक्षा ११ को परीक्षा

शिक्षा |


बाजुरामा भौतिक दूरी कायम गर्दै होम सेन्टरमै कक्षा ११ को परीक्षा


शेरबहादुर सार्की
बाजुरा मङ्सिर ५ गते । बाजुरामा भौतिक दूरी कायम गर्दै होम सन्टेरमै कक्षा ११ को परीक्षा सञ्चालन गर्दै आएका छन् । गत बैशाखमा हुने कक्षा ११ को परीक्षा कोभिढ १९ का कारण स्थगित हुँदै आएको थियो ।
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले होम सेन्टरमै कक्षा ११ को परीक्षा गर्न निर्देशन दिएसँगै बाजुराका २१ वटा माविले पनि मङसिरको पहिलो साताबाट कक्षा ११ को परीक्षा सञ्चालन गर्दै आएको शिक्षा विकास समन्वय एकाइ समिति बाजुराले जनाएको छ ।
बाजुरामा झण्डै ४ हजार १६० विद्यार्थीले कक्षा ११ को परीक्षा होम सेन्टरमै दिदै आएका छन् । विद्यालयले आफ्ना कक्षा ११ विद्यार्थीको परीक्षा आफैले लिने भएकोले अनुकूलमा परीक्षा सुरु गर्दै आएको शिक्षा विकास समन्वय एकाइ बाजुराका सूचना अधिकारी रमेशबहादुर जनालले बताउनुभयो ।
उहाँले भन्नुभयो, राष्ट्रिय परिक्षा वोर्ड सानोठिमी भक्तपुरले समन्वय व्यवस्थापन मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्य विधि २०७७ अनुसार कक्षा ११ को परीक्षा सञ्चालन गर्ने निर्देशन भएपछि कक्षा ११ को परीक्षा सुरु गरिएको हो ।
बाजुराको बूढीगङ्गा नगरपालिका –५ स्थित भानोदय माविले पनि गत बिहीवारबाट नै भौतिक दूरी कायम राखेर होम सेन्टरमै कक्षा ११ को परीक्षा सञ्चालन गरेको विद्यालयले जनाएको छ ।

राष्ट्रिय परीक्षा वोर्डको निर्देशन आएपछि कोरोनाको कहर सँगै सामाजिक दूरी कायम गरेर परीक्षा सञ्चालन गरेको भानोदय माविका प्रधानाध्यापक मनवीर खातीले बताउनुभयो ।
उहाँले भन्नुभयो, नियमित तर्फ १६६ र आंशिक तर्फ ७४ जना छात्र छात्राले कक्षा ११ को परीक्षा दिनेका भएका छन् । नियमित तर्फ ८५ छात्र ८१ छात्रा र आंशिक तर्फ ४१ छात्र र ३३ छात्रा परीक्षामा समावेश भएको प्रधानाध्यापक खातीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?