logo
२०८१ बैशाख २६ बुधवार



कक्षा १२ को परीक्षा सम्बन्धी कुनै निर्णय भएको छैनः परीक्षा नियन्त्रक

शिक्षा |


कक्षा १२ को परीक्षा सम्बन्धी कुनै निर्णय भएको छैनः  परीक्षा नियन्त्रक


गोरखापत्र अनलाइन
काठमाडौं,असोज १ गते । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले केही सञ्चार माध्यमले परीक्षा सञ्चालनका विधिहरुको काल्पनिक समाचार सम्प्रेषण भइरहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै बोर्डले परीक्षा सञ्चालनको लागि हालसम्म कुनै निर्णय नगरेको स्पष्ट पारेको छ । कोरोनाको कारण कक्षा १२ को परीक्षा हालसम्म स्थगित अवस्थामा रहेको समेत स्पष्ट पारेको छ ।
यस प्रकारका भ्रामक समाचारमा विश्वास नगर्न सम्बद्ध सबैलाई कार्यालयले अनुरोध गरेको छ ।
विद्यार्थी मूल्याङ्कनका विभिन्न विधिहरु हुन सक्छन, त्यसतर्फ छलफल चलिरहेको नियन्त्रण जारी गरेको विज्ञप्तिमा उल्लेख छ । परीक्षा सञ्चालन गर्ने अवस्थामा बोर्डको आधिकारिक निर्णय सहितको परीक्षा कार्यतालिका समेत सार्वजनिक सञ्चार माध्यम मार्फत प्रकाशित हुने बताएको छ ।
कार्यालयले भ्रम सिर्जना हुन गरी कुनै पनि समाचार एवं टिप्पणीहरु प्रकाशन नगरिदिनुहुन समेत सञ्चार माध्यमहरुलाई अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?