logo
२०८१ बैशाख १४ शुक्रवार



बन्दाबन्दीमा शिक्षकलाई अनलाइन तालिम

शिक्षा |


बन्दाबन्दीमा शिक्षकलाई अनलाइन तालिम


काठमाडौँ, जेठ ८ गते । बन्दाबन्दीका समयमा अनलाइन प्रविधिबाट शिक्षण सिकाइका लागि शिक्षकहरू विभिन्न तालिम र प्रशिक्षणमा जुटेका छन् । सूचना, सञ्चार र प्रविधिसँग अभ्यस्त हुँदै विद्यार्थीलाई सिकाइमा निरन्तर जोड्न शिक्षकका राष्ट्रिय संस्थाले प्रशिक्षण र सहजीकरण गरिरहेका छन् ।

सहजीकरणका क्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, ललितपुर जिल्ला समितिले २० दिने ‘टिचिङ विथ आइसिटी कम्पेटेन्सी बेस्ड अनलाइन वर्कसप’ सञ्चालन गरेको छ । कूल १६७ शिक्षक नियमित सहभागी अनलाइन प्रशिक्षण यही जेठ ९ गतेसम्म चल्नेछ । प्रशिक्षण गत वैशाख ३१ मा शुरु भएको सङ्गठनका जिल्ला अध्यक्ष सुरेन्द्रकुमार घिमिरेले जानकारी दिनुभयो । कार्यशालाको संयोजन विज्ञ शिक्षक दिनेशकुमार थापा तथा प्राविधिक सहयोग शिक्षक रामचन्द्र सुवेदी र हरि खड्काले गरिरहनुभएको छ ।

प्रशिक्षणकै सन्दर्भमा नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापा, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष लक्ष्मण शर्मा, महासचिव हंश शाही, केन्द्रीय सदस्य कमला थापालगायतले शुभकामना र प्रशिक्षण दिनुभएको छ । प्रशिक्षणमा विभिन्न विषयका विज्ञ र शिक्षाका केन्द्रीय निकायका अधिकारीले पनि सहजीकरण गरिरहनुभएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?