logo
२०८१ बैशाख १५ शनिवार



हिमाली क्षेत्रका बिद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण

शिक्षा |


हिमाली क्षेत्रका बिद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण


चित्र मिजार
सिन्धुपाल्चोक, पुस ६ गते । सिन्धुपाल्चोकको १२ वटा स्थानीय तह मध्यको अति बिकट र दुर्गम हिमाली क्षेत्र पिस्करका पाँच सय बढी बिद्यार्थीलाई झोला र शैक्षिक सामग्री बितरण गरिएको छ ।
आर्थिक रुपले अति कमजोर बिद्यार्थीे उक्त सामग्री पाएपछि फुरुङग भएका छन् । पिस्करका अधिकांश बिद्यालयमा थामी जातीका बालबालिका अध्यायन गर्छन् । थामीजाती अति गरीबीमा रहेका छन् । उनीहरूले आपना बालबालिकाको लागि शैक्षिक सामग्री खरिद गर्न पनि सक्ने हैषियतमा छैनन् ।
अति बिपन्न थामी, दलित, अल्पसंख्यक जातजातीका बिद्यार्थीलाई शिक्षा हाँसिल गर्न प्रोत्साहन मिलोस भन्ने उद्देश्यले झोला र शैक्षिक सामग्री बितरण गरिएको त्रिपुरासुन्दरी गाउँपालिका तरुण दलका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिनु भएको छ । उहाँको नेतृत्वमा बिद्यार्थीलाई उक्त सहयोग गरिएको हो ।
दुर्गम गाउँ पिस्करमा रहेको मंगलामाई माबि, जनता आबि, जनशिक्षा आबि, जनसहयोग आबि र सेतीदेवी आबिका बिद्यार्थीले झोला र सामाग्री पाएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?