logo
२०८१ बैशाख १५ शनिवार



बुवा वडा सचिव, छोरा हेडमास्टर, विद्यार्थीले किताब पाएन !

शिक्षा |


बुवा वडा सचिव, छोरा हेडमास्टर, विद्यार्थीले किताब पाएन !


गोकर्ण दयाल
बैतडी, कात्तिक २२ गते । आधारभूत तहको विद्यालय व्यवस्था गर्ने जिम्मा वडा कार्यालयको हो । वडा कार्यालयको सचिव बुवा र दुई छोरा मध्ये एक स्कुलको हेड मास्टर र अर्का विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ तर, सोही वडाका विद्यार्थीले शैक्षिक सत्र आधा सकिनै लाग्दा पनि पढ्ने किताब पाएका छैनन् ।

यो दुर्दशा बैतडीको सिगास गाउँपालिका–८ पारिवन आधारभूत विद्यालयको हो । किताब किन्ने बजेट आए पनि किताब नआएको विद्यार्थी र अभिभावकले गुनासो गरेका छन् ।
विद्यार्थीको हातमा किताब नहुँदा शिक्षकले एउटा किताबको भरमा कक्षा संचालन गर्नु पर्ने बाध्यता रहेको छ । किताब नहुँदा विद्यार्थीको पढाईमा असर पुगेको स्थानीय वित्रा साउदले बताउनुभयो ।
विद्यार्थीले किताब नपाएको विषयमा जिज्ञासा राख्दा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपकसिंह ऐरले विद्यालयमा सबै पाठ्यपुस्तक पुगेको दाबी गर्नुभयो ।

अध्यक्ष ऐरले भन्नुभयो, कसले भन्यो विद्यालयमा किताब पुगेको छैन भनेर ? सबै किताब पुगेका छन् । कुनै समस्या छैन । पछिल्लो समय मेरो कार्यकाल पनि सकिनै लागेकोले म अन्य योजनामा व्यस्त छु । विद्यालयका प्रधानाध्याक रमेशबहादुर ऐरले भने किताब नभएको स्वीकार गर्नुभयो ।

प्रधानाध्यापक ऐरले भन्नुभयो, बजेट त पहिले नै निकासा भईसकेको हो । किताब विक्री गर्नेलाई हामीले बजेट पनि दिईसकेका हौं । अन्य विषय आए पनि कक्षा ४ को नेपाली र गणितको किताब पुगेको छैन । विद्यालयमा आफु मात्र स्थायी शिक्षक भएकोले अन्य सबै निजी श्रोतमा शिक्षक राखेर पढाउनु पर्ने बाध्यता समेत रहेको प्रधानाध्यापक ऐरले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?