logo
२०८१ बैशाख १४ शुक्रवार



दोलखामा विज्ञान शिक्षकको अभाव

शिक्षा |


दोलखामा विज्ञान शिक्षकको अभाव


दोलखा, भदौ २३ गते । जिल्लाका अधिकांश विद्यालयमा विज्ञान शिक्षकको अभावका कारण पठनपाठनमा असर परेको छ ।

आइएससी, बिएससी र एमएससी पढेका धेरै विद्यार्थी भए पनि अध्यापन अनुमति पत्र नभएका कारण दरबन्दी खाली भएका विद्यालयमा विज्ञान शिक्षकको पदपूर्ति हुन नसक्दा पठनपाठनमा असर परेको हो ।     

जिल्लाका १० विद्यालयमा लामो समयसम्म विज्ञान शिक्षकको दरबन्दी नभएका कारण पठनपाठनमा अप्ठ्यारो परेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख शङ्करबाबु श्रेष्ठले बताउनुभयो ।

एकाइका अनुसार हलेश्वर मावि सुरी, गर्जाङढुङा मावि मालि, नीलकण्ठेश्वर मावि जुङ्गु, जनज्योति मावि पुतलीकाठ, कालिका मावि फस्कु, सर्के मावि खरिढुङ्गा, जनप्रभात मावि झुले, भङ्गेरी मावि शैलुङ, कल्लाबारी मावि दूधपोखरी र कालिका मावि हावामा विज्ञान शिक्षकको दरबन्दी रिक्त छ ।    

प्रमुख श्रेष्ठका अनुसार खाली भएका दरबन्दी विद्यालयले लुकाएर समयमा शिक्षा विकास तथा समन्वय एकाइमा जानकारी नगराएकाले यस्तो अवस्था आएको हो ।

पटक–पटक विज्ञापन गर्दासमेत विज्ञान विषयका शिक्षकका लागि दरखास्त नपरेको बताइएको छ ।

सरकारले दिने तलबमा विद्यालयको आन्तरिक स्रोतबाट रु पाँच/दश हजार मासिक थप्दासमेत शिक्षक पाउन समस्या भएको देवी माविका प्रधानाध्यापक किशोर दाहालले जानकारी दिनुभयो । –(फाइल फाेटाे गुगुल)     

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?