logo
२०८१ बैशाख १८ मंगलवार



ग्लोबल आइएमईको शाखा विस्तार

अर्थ |


ग्लोबल आइएमईको शाखा विस्तार


नवीन शिशिर विक
बागलुङ, चैत्र ७ गते । ग्लोबल आइएमई बैंकले बागलुङको नारायणस्थालमा शाखा विस्तार गरेको छ ।

बागलुङ नगरपालिका–१४ मा बलेवा क्षेत्रलाई लक्षित गरी २८९औँ शाखा विस्तार गरेको हो । शाखाको उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नुभएको थियो ।

शाखामा एटिएम सेवा पनि स्थापना गरिएको छ । ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले देशका विभिन्न सहरी तथा ग्रामिण क्षेत्रमा बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

ग्रामिण क्षेत्रका जनतालाई घरदैलोमा बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरेको अध्यक्ष ढकालले बताउनुभयो । शाखाबाट छिटो, छरितो र विश्वासिलो आर्थिक कारोबार तथा सेवा प्रवाह गर्ने उहाँको भनाई छ ।

ग्लोबल आइएमई बैंकले देशका विभिन्न क्षेत्रमा २८९ शाखा, २५४ स्थानमा एटिएम, २७४ स्थानमा शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिव ८६० सेवा केन्द्रबाट सेवा प्रवाद गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?