logo
२०८१ जेष्ठ ५ शनिवार



कृषि मन्त्रालयको वित्तीय प्रगति पचास प्रतिशत

अर्थ |


कृषि मन्त्रालयको वित्तीय प्रगति पचास प्रतिशत



गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ८ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आव २०७८/७९ को दोस्रो त्रैमासिक अवधिको एकमुष्ट भारित प्रगति ७२ प्रतिशत र वित्तीय प्रगति ५० प्रतिशत गरेको छ । कृषि मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले यो अवधिमा केही नीति स्वीकृति हुनुका साथै धान, उखु र दूधको मूल्य निर्धारण, उखु प्रवद्र्धनबापत उखु किसानलाई करिब ७८ करोड रुपियाँ भुक्तानी, पशुपन्छीका विभिन्न रोगविरुद्धको खोपको उत्पादन, रासायनिक मल आयात व्यवस्थामा स्रोत सुनिश्चिततालगायतका प्रमुख उपलब्धि रहेको जानकारी दिनुभयो ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक समीक्षा बैठकमा प्रस्तुत प्रतिवेदनअनुसार मन्त्रालयले अपेक्षित प्रगति गर्न नसक्नुमा जनशक्तिको कमी, वैदेशिक सहायतामा सञ्चालित आयोजनाको ‘नो अब्जेक्सन’ प्राप्तिमा ढिलाइ, प्रतिस्थापन बजेटमा बजेट कटौती तथा कार्यविधि स्वीकृतिमा ढिलाइ र पूर्वाधार निर्माणमा जग्गासम्बन्धी विषय रहेका छन् ।

समीक्षा कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले दोस्रो त्रैमासिक अवधिमा हासिल भएको प्रगति सन्तोषजनक भए पनि समग्रमा आमकृषकले अनुभूति गर्नेगरी कार्य नभएको टिप्पणी गर्नुभयो । उहाँले हरेक कार्यक्रम किसानको चाहनाअनुसार बनाउन निर्देशन पनि दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?