logo
२०८१ जेष्ठ ७ सोमवार



ताप्लेजुङमा सुन्तला उत्पादन वृद्धि

अर्थ |
समाज |


ताप्लेजुङमा सुन्तला उत्पादन वृद्धि
फुङ्लिङ नगरपालिकाका एक किसानको बगैँचामा फलेको सुन्तला । तस्बिर - चन्द्र पन्दाक



चन्द्र पन्दाक
ताप्लेजुङ, माघ २९ गते । ताप्लेजुङमा यसवर्ष सुन्तला उत्पादन वृद्धि भएको छ । पछिल्लो केही वर्षयता उत्पादनमा ह्रास आइरहेको बेला यसवर्ष भने सुन्तला उत्पादन केही वृद्धि भएको हो ।
कृषि ज्ञान केन्द्र पाँचथर, सम्पर्क कार्यालय ताप्लेजुङका अनुसार यो वर्ष गत वर्षभन्दा एक मेट्रिक टन बढी सुन्तला उत्पादन भएको छ । गतवर्ष तीनसय ४०.५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यसवर्ष गएको वर्षभन्दा एक मेट्रिक टन अर्थात तीनसय ४१.५ मेट्रिक टन सुन्तला उत्पादन भएको सम्पर्क कार्यालयका प्राविधिक सहायक केदार धितालले जानकारी दिनुभयो ।

प्राविधिक सहायक धितालका अनुसार जिल्लामा कुल ५४ हेक्टर क्षेत्रफल बराबरको खेतीबाट उक्त परिमाणमा सुन्तला उत्पादन भएको हो । जिल्लामा किसानले सुन्तला खेती भने गर्न छोड्दै गएका छन् । आजभन्दा आठ÷नौ वर्ष अघिसम्म एकहजार ७०० हेक्टर क्षेत्रफलसम्म जिल्लामा किसानले सुन्तला खेती गर्ने गरेका थिए ।
तत्कालीन जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार विगत आर्थिक वर्ष २०७०/७१ मा एक हजार ६८२ हेक्टर क्षेत्रफलमा किसानले सुन्तला खेती गरेका थिए । उक्त क्षेत्रफल बराबरको खेतीबाट छ हजार ९३८ मेट्रिक टन उत्पादन भएको तथ्याङ्क रहेको छ । विगतका वर्षहरुमा सुन्तला राम्रो उत्पादन हुने र आम्दानी पनि राम्रो गर्दै आएका किसानले सुन्तलामा विभिन्न रोग तथा कीराको प्रकोप देखिएसँगै खेती छोडेका थिए ।

विभिन्न रोग तथा प्रकोपका कारण सुन्तला खेती मासिएपछि अहिले सीमित क्षेत्रमा मात्र किसानले खेती गर्दै आएका छन् । हाल स्थानीय सरकारका रुपमा रहेका नगरपालिका तथा गाउँपालिकाहरुले सुन्तलालगायत फलपूmलजन्य खेती प्रवर्धनका लागि योजनाहरु पारित गरी निश्चित बजेट विनियोजन गरी किसानलाई अनुदान तथा अन्य सहायता गर्दै आएका छन् । यही स्थानीय सरकारको सहायताबाट कतिपय किसानले भर्खरैदेखि पुनः खेती सुरु गर्न थालेका पाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?