logo
२०८१ जेष्ठ ५ शनिवार



कालिगण्डकीमा बन्दैगरेको दुई वटा पक्की पुल निर्माण सम्पन्न

अर्थ |
प्रदेश |


कालिगण्डकीमा बन्दैगरेको दुई वटा पक्की पुल निर्माण सम्पन्न


ठाकुरप्रसाद आचार्य
म्याग्दी, माघ २४ गते । राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर बेनी–जोमसोम कोरला सडक अन्तर्गत कालिगण्डकी नदीमा दुई स्थानमा पक्की पुल निर्माण सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर र तिप्ल्याङस्थित कालिगण्डकी नदीमा मोटरेबल पुल निर्माण गरिएको हो ।

सडक विभाग अन्तर्गत रहेको पुल महाशाखाले २०७४ असार ९ गते ८ करोड २४ लाख रुपियाँमा हिमसागर–डाँफे–बज्रगुरु जेभीसँग ११ मिटर चौडाई र ७० मिटर लामो पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । त्यस्तै तिप्ल्याङको महभिरस्थित कालिगण्डकी नदीमा सोही कम्पनिसँग ८० मिटर लामो र ११ मिटर चौडाई भएको पुल बनाउन ९ करोड ९ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।

थपिएको समयअवधि पुस ३० गतेभित्र निर्माण कम्पनिले दुवै स्थानका पुल सम्पन्न गरेको पुल महाशाखा अन्तर्गत रहेको पुल योजना पश्चिम क्षेत्र सेक्टर ४ पाल्पाका इन्जिनियर आशिक रिजालले जानकारी दिनुभयो । कोरोना महामारी नभएको भए गत वर्ष नै दुवै पुल निर्माण सम्पन्न हुने थिए इन्जिनियर रिजालले भन्नुभयो, ‘पुनः थपिएको एक वर्षको समय अवधिभित्र दुवै पुल निर्माण सम्पन्न भई यातायात सञ्चालनमा आएका छन् ।’

उहाँकाअनुसार महभीरस्थित कालिगण्डकी नदीमा निर्माण भएको ८० मिटर पुल गत असोज महिनामा सम्पन्न भई सञ्चालनमा आइसकेको छ । यसैगरी रघुगंगा गाउँपालिका –१ बेगखोलामा पक्की पुल निर्माण थालिएको छ । सडक विभागको पुल महाशाखाले ७० मिटर लामो डवल स्पामको पुल निर्माणका लागि बीओकेआई हिमालयन जेभीसँग ८ करोड ३० लाख रुपियाँमा गत असारमा ठेक्का सम्झौता गरेको थियो ।

इन्जिनियर रिजालले दिएको जानकारीअनुसार निर्माण कम्पनिले सामग्रीसहित मजदुर जुटाएर कार्यस्थलमा काम थालेको बताउनुभयो । २०८० चैत २५ गतेभित्र सम्पन्न गर्ने योजनासहित ११ मिटरको चौडाई हुने पुलको डिजाईन एण्ड बिल्ड मोडलमा सम्झौता भएको छ ।

बेगखोलामा पुल नहुँदा वर्षाका समयमा सवारीसाधनहरु आवतजावतमा समस्या भोग्नुपरेको छ । २०७३ भदौ १७ गतेको बाढीले बेगखोलामा रहेमो बेलिव्रिज, झोलुङ्गपुल बगाएको थियो । पुल निर्माण भएपछि स्थानीयहरु राहत महुशस गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?