logo
२०८१ बैशाख २६ बुधवार



निजी क्षेत्रलाई विद्युत् निर्यात गर्न दिने तयारी

अर्थ |


निजी क्षेत्रलाई विद्युत् निर्यात गर्न दिने तयारी


गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ३० गते । सरकारले अबको डेढ महिनाभित्रमा निजी क्षेत्रलाई विदेशमा विद्युत् व्यापारको अनुमति दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिनेसम्बन्धी कार्यविधिको तयारी गरिहेको भन्दै अबको एक–डेढ महिनाभित्रै काम सम्पन्न गर्ने बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालसहितको प्रतिनिधि मण्डलसँगको भेटमा बिहीबार ऊर्जामन्त्री भुसालले भन्नुभयो, “निजी क्षेत्रलाई विद्युत् निर्यातमा सहभागी बनाउने नै हाम्रो सोच हो । विद्युत् आयात गर्न दिँदैनौँ, गन्तव्य खोजेर निर्यात गर्नुस् । ” आफैँ विद्युत् उत्पादन र बिक्री गर्नेलाई पनि सहजीकरण गर्नेगरी कार्यविधि बनाउने जानकारी दिँदै उहाँले विद्युत् उत्पादनमा मात्रै नभई प्रसारणमा समेत निजी क्षेत्रलाई सहभागी गराउने बताउनुभयो । उहाँले बङ्गलादेशसम्म विद्युत् निकासीका लागि सरकारले विशेष पहल गर्ने पनि उल्लेख गर्नुभयो । छलफलमा मन्त्री भुसालले अर्धजलाशययुक्त जलविद्युत् आयोजना (पिकिङ रन अफ दी रिभर)को विद्युत् खरिद सम्झौता (पीपीए) नरोकिने पनि बताउनुभयो ।

छलफलमा ऊर्जा सचिव देवेन्द्र कार्कीले विद्युत् निर्यातका दुई महŒवपूर्ण गन्तव्य भारत र बङ्गलादेश भएको भन्दै दुवै देशमा अलगअलग संयन्त्रमार्फत विद्युत् व्यापारको काम अगाडि बढाउन खोजेको बताउनुभयो । ऊर्जा मन्त्रालयमा भएको छलफलमा परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले विद्युत् निर्यात चुनौतीपूर्ण भए पनि सम्भावना धेरै भएको चर्चा गर्दै भन्नुभयो, “निजी क्षेत्र यसका लागि काम गर्न तयार छ र सक्षम पनि छ । सरकारले अनुमति दिनुप-यो । ”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?