logo
२०८१ बैशाख १४ शुक्रवार



लत्ताकपडासहित पिकअप भ्यान प्रहरी नियन्त्रमा

अर्थ |
प्रदेश |


लत्ताकपडासहित पिकअप भ्यान प्रहरी नियन्त्रमा


विजयकुमार साह
ढल्केवर, असोज ७ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले भन्सार छलीका लत्ताकपडासहित बलोरो पिकअप भ्यान नियन्त्रणमा लिएको छ । जनकपुरधाम उपमहानगरपालिका ७ माछाबजारबाट भन्सार छलेर ल्याएको करिब छ लाख मूल्य बराबरको लत्ताकपडा र ज १ च ११११ नम्बरको सो भ्यान नियन्त्रणमा लिइएको धनुषाका एसपी प्रकाश रानाभाटले बताउनुभयो ।

बुधबार राति ८ बजे जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी जिरोमाइलबाट खटिएको संयुक्त प्रहरी गस्तीले बसहियाबाट जनकपुरतर्फ आउँदैगरेको अवस्थामा जाँच गर्दा भन्सार छलेर लत्ताकपडा ल्याएको पाएपछि नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।

एसपी रानाभाटले बरामद लत्ताकपडासँगै दुई जनालाई समेत नियन्त्रणमा लिएको बताउनुभयो । प्रहरीले नियन्त्रणमा लिएकामध्ये पिकअप चालक झापा दमक नगरपालिका ४ बस्ने ओमबहादुर दर्जी र सोही गाडीमा सवार धनुषा जनकपुरधाम उपमहानगरपालिका १० बस्ने मुकेश साह छन् ।
नियन्त्रणमा लिइएको लत्तापकडा र पिकअप भ्यान आवश्यक कार्वाहीका लागि जनकपुर भन्सार कार्यालय पठाइएको एसपी रानाभाटले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?