logo
२०८१ बैशाख १४ शुक्रवार



इजरायल जानेका लागि परीक्षा तय

अर्थ |


इजरायल जानेका लागि परीक्षा तय


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १६ गते । इजरायल रोजगारीमा जान इच्छुक आवेदनकको लिखित परीक्षाको मिति तोकिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले सूचना प्रकाशित गरी विज्ञापनबमोजिम फर्म भरी दरखास्त स्वीकृत भएका उम्मेदवार छनोटका लागि अङ्ग्रेजी भाषाको लिखित परीक्षाको मिति तोकिएको जनाएको हो ।
विभागका महानिर्देशक दीपक काफ्लेका अनुसार परीक्षा भौतिक उपस्थितिमा दुई घन्टाको हुनेछ । लिखित परीक्षा काठमाडौँको विभिन्न परीक्षा केन्द्रमा भदौ २८ गते सोमबार दिउँसो सञ्चालन हुनेछ । परीक्षाको समयावधि दुई घन्टाको हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?