logo
२०८१ बैशाख १५ शनिवार



मृत अवस्थामा भेटियो गैँडा, साउन महिनामै तीनवटाकाे मृत्यु

खुला |


मृत अवस्थामा भेटियो गैँडा, साउन महिनामै तीनवटाकाे मृत्यु
फाइल फाेटाे


 

शान्ता अधिकारी
चितवन, साउन ७ गते । चितवन राष्ट्रिय निकुञ्जको दुुधौरा क्षेत्रमा मृत अवस्थामा वयस्क गैँडा भेटिएको छ ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको दुधौरा क्षेत्रमा गस्तीको क्रममा एउटा मृत भाले गैँडा भेटिएको हो ।
उहाँका अनुसार दुई गैँडा एक आपसमा जुधेर घाइते भई उक्त गैँडा मरेको अनुमान गरिएको छ । मृत गैँडा २५ देखि ३० वर्षको भएको बुझिएको छ ।
चालू आर्थिक वर्ष २०७८/०७९ मा गैँडा मरेको यो तेस्रो हो । यसअघि केही दिन अघि मात्र निञ्ज क्षेत्रमा एक वयस्क र बच्चा गैँडा मृत फेला परेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?