logo
२०८१ बैशाख १५ शनिवार



चितवनमा सेनाका हुद्दा मृत फेला र भालुको आक्रमणबाट एकको मृत्यु

खुला |


चितवनमा सेनाका हुद्दा मृत फेला र भालुको आक्रमणबाट एकको मृत्यु
स्थानीय बासिन्दाले खिचेको घटनास्थल


 

शान्ता अधिकारी
चितवन, साउन ७ गते । भरतपुर महानगरपालिका १७ मानसिङ्चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा नेपाली सेनाका हुद्दा मृत अवस्थामा भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उक्त शव धादिङ निलकण्ठ नगरपालिका घर भई नेपाली सेनाको महेन्द्रदल गण, राष्ट्रिय निकुञ्ज टोखामा कार्यरत हुद्दा ३६ वर्षीय भरत गुरुङ भएको पुष्टि भएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार शवको दाहिने कानकोे माथिपट्टी भागमा चोट देखिएको छ । घटनास्थलमा गोलीको एउटा खोका पनि भेटिएकोले गोली प्रहारका कारण गुरुङको मृत्युभएको हुनसक्ने आशङ्का प्रहरीको छ । शव पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याईएको छ । घटनाको विषयमा अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो ।

भालुको आक्रमणबाट एकको मृत्यु
चितवनको माडी नगरपालिका १ पाण्डव नगरमा भालुको आक्रमणबाट एक व्यक्तिको मृत्युभएको छ । इलाका प्रहरी कार्यालय माडीका अनुसार भालुको आक्रमणबाट पाण्डव नगरका ४६ वर्षका राजकुमार बोटको मृत्युभएको हो ।
निकुञ्जबाट निस्किएको भालुको आक्रमणबाट मारिएका बोटको शव बिहीबार नै स्थलगत मुचुल्का गरी पोष्टमार्टमको लागि भरतपुर अस्पताल ल्याइएको छ । स्थानीय बासिन्दाका अनुसार बुधबारदेखि हराइरहेका बोटको शव निकुञ्ज किनारमा फेला परेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?