logo
२०८१ बैशाख १४ शुक्रवार



जसपा विवादमा कार्यकारिणी सदस्यलाई सनाखत गर्न आयोगले बोलायो

राष्ट्रिय |


जसपा विवादमा कार्यकारिणी सदस्यलाई सनाखत गर्न आयोगले बोलायो


गोरखापत्र अनलाइन
काठमाडौं,साउन ७ गते । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता विवाद टुंग्याउन कार्यकारिणी समिति सदस्यलाई सनाखतका गर्न बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दल एकीकरण हुँदाका बखत सनाखत गरेका केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई बोलाइएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

सदस्यलाई साउन ११ गते ११ बजे आयोगमा बोलाइएको उहाँले जानकारी दिनुभयो । सनखत लागि आउँदा सक्कल नागरिकता वा मतदाता परिचय पत्र सहित उपस्थित हुँन भनिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । सनाखत पछि विवाद टुंग्याउने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?