logo
२०८१ बैशाख १५ शनिवार



पंखामा करेन्ट लागेर एक जनाको मृत्यु

खुला |


पंखामा करेन्ट लागेर एक जनाको मृत्यु
फाइल फाेटाे



दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन ७ गते । वीरगञ्ज महानगरपालिका–२४ रामगढवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिनेश गौतमले वीरगञ्ज महानगरपालिका–२४ रामगढवामा रहेको मोहित फुड प्रोडक्ट प्रालि नामक सोयाबिन फ्याक्ट्रीमा काम गर्ने एक व्यक्तिको बिहीबार विहान करेन्ट लागेर मृत्यु भएको बताउनुभयो ।
मृत्यु हुनेमा पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ३ सहजनपुरका ३५ वर्षीय पदमदेव राय चौधरी रहनुभएको छ ।
चलिरहेको पंखामा विद्युत सर्ट भएर करेन्ट लागेका कामदार चौधरीको मृत्यु भएको प्रहरी निरीक्षक गौतमले बताउनुभयो ।
मृतक चौधरीको शवलाई पोष्टमार्टम (शव परीक्षण )का लागि नारायणी अस्पताल पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?